पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
५४ पटक हेरिएको
Shares
पशुपति क्षेत्र वरिपरि अबदेखि माग्ने बस्न नपाउने

सारांश

  • काठमाडौं : पशुपतिनाथको दर्शनका लागि पाशुपत परिसर पुग्ने जोकोहीले अब सडकमा बसेर माग्ने ‘सडकमानव’ देख्नुपर्ने छैन।
  • पशुपति क्षेत्र विकास कोषले त्यस्ता सहयोगापेक्षी मानिसलाई मानव सेवा आश्रममा पुर्‍याएर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाएपछि यस्तो अवस्था आएको हो।
  • पशुपतिनाथ मन्दिर क्षेत्रलाई मंगलबार मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ।

काठमाडौं : पशुपतिनाथको दर्शनका लागि पाशुपत परिसर पुग्ने जोकोहीले अब सडकमा बसेर माग्ने ‘सडकमानव’ देख्नुपर्ने छैन। पशुपति क्षेत्र विकास कोषले त्यस्ता सहयोगापेक्षी मानिसलाई मानव सेवा आश्रममा पुर्‍याएर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाएपछि यस्तो अवस्था आएको हो। पशुपतिनाथ मन्दिर क्षेत्रलाई मंगलबार मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ। पछिल्लो समय मानसिक एवं शारीरिक रुपमा अनाथ र असहाय बनेर पाशुपत क्षेत्रमा रहेका एक सय ५२ मगन्तेलाई मानव सेवा आश्रममा पुर्‍याइएको हो।

गाँस, बास र कपासजस्ता मौलिक अधिकार संविधानमै ग्यारेन्टी गरिए पनि सरकारले मानसिक एवं शारीरिक समस्याले सडकमा पुगेकाको व्यवस्थापन नगरिरहेको बेला पशुपति क्षेत्र विकास कोषले आश्रमसँगको सहकार्यमा यस्तो काम गरेको हो। आश्रमका काठमाडौंमा रहेका गोंगबु र बुढानिलकण्ठका दुई घरको दुई वर्षको भाडा काठमाडौं महानगरपालिकाले तिर्ने सम्झौता गरिसकेको छ।

संविधानको मर्म र भावना विपरित मुलुकभर सयौंको संख्यामा अनाथ खुला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा घरपरिवारविहीन भई कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेको बेला पशुपतिनाथ क्षेत्रबाट मगन्तेरहित अभियानको थालनी भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले महत्वाकांक्षी यो योजना संभव हुन सके सबैका लागि खुसीको कुरो हुने बताए। पशुपतिनाथबाट मगन्तेरहित क्षेत्र घोषणा हुनु धेरै राम्रो कुरा भएको र यसलाई मुलुकभरका सबै मठमन्दिरबाट पनि मगन्तेरहित बनाउन सके नेपाल विश्वकै उत्कृष्ट नमूना पेश गर्न सफल हुने दाबी गरे। आश्रम सुधार गृह बनोस् भन्दै उनले थपे, ‘मानव सेवा आश्रमले गरिरहेको काम सराहनीय छ, आश्रमले आध्यात्मिक र अन्य ज्ञान सिकाएर घर वा जागीरमा फर्काउने काम गरोस् सरकारको पूर्ण सहयोग हुनेछ।’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाशुपत क्षेत्रलाई मगन्तेरहित घोषणा गरिरहँदा पशुपतिनाथका आँखाबाट खुसीको आँसु झरिरहेको हुनसक्ने बताए। ‘शारीरिक र मानसिक रुपले काम गर्न नसक्ने गरी अस्वस्थ्य भएकालाई महानगरपालिका सहयोगी बनेको छ मेरै कार्यकालभित्र काठमाडौं महानगरलाई मगन्तेमुक्त बनाउनेछु’, उनले भने।

अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
यस्तो आयो एमालेको निर्णय : विज्ञप्तिको पूर्णपाठकसहित
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
डिस होमको नयाँ अफर ‘डिलर दाईको डिस्काउन्ट’
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
परम्परा, रहनसहन बोकेका समुदायको संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
कोरोना असर विश्वभ एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
सरकारका सय दिन उपलब्धिपूर्ण’ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
राष्ट्रपति भण्डारी जनकपुरमा, ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको खुलेर प्रशंसा
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा