भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
२३ पटक हेरिएको
Shares
भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

सारांश

  • काठमाडाैं।
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ।
  • जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ।

काठमाडाैं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ : ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ।

यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ। कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ। यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ। धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ। धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ। कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ। कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ। कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ।

कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन्। नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।

यस दिन साइत खोज्नेले बिहान ११ ः ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
न्यायालयमा भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउँछु : कानूनमन्त्री तामाङ्
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन
लागूऔषध सहित १ युवा पक्राउ
वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी
वृद्ध भत्ता ५ हजार पुराउने सरकारको तयारी
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
सार्क सम्मेलनमा ओछ्याइएको रातो कार्पेटमा पनि भ्रष्टाचार
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
सकियाे एसइईकाे परिक्षा
सकियाे एसइईकाे परिक्षा
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा
महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेनन् : सभापति देउवा

तपाईंले छुटाउनुभयो कि?