पार्टी एकता अनुमोदन गराउन एमालेले बोलायो वैठक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
पार्टी एकता अनुमोदन गराउन एमालेले बोलायो वैठक

सारांश

  • एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ ।
  • पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
  • दुवै पार्टीको एकता संयोजन समितिको बिहीबारको बैठकमा ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणा गर्ने प्रस्ताव गरिएको थियो ।

एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

दुवै पार्टीको एकता संयोजन समितिको बिहीबारको बैठकमा ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणा गर्ने प्रस्ताव गरिएको थियो । संयोजन समितिमा एकीकृत पार्टीको राजनीतिक र विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत भइसकेकाले ९ वैशाखमा एकता घोषणासभा गर्ने समझदारीसमेत भइसकेको छ ।

‘हामीले पार्टी एकताको महत्वपूर्ण ऐतिहासिक घटनाक्रम अघि बढिरहेका वेला केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएर छलफल गर्नुपर्ने बताउँदै आएका थियौँ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘बुधबारको बैठकले एकता प्रस्तावबारे छलफल गर्न बैठक बोलाएकाले सम्भवतः दुवै बैठकबाट एकता प्रस्ताव अनुमोदन हुन सक्छ ।’

स्थायी समिति बैठकमा अध्यक्ष ओलीले एकतासम्बन्धी प्रतिवेदन बनिसकेकाले ९ वैशाखमा पार्टी एकता हुन लागेको तथा केही प्राविधिक पक्ष मात्र मिलाउन बाँकी रहेको ‘ब्रिफिङ’ गरेका थिए ।

अरुण र पञ्चेश्वर पनि एजेन्डा
बैठकमा प्रधानमन्त्री ओलीले यसपटकको भारत भ्रमणमा कुनै नयाँ सन्धि–सम्झौता नहुने, तर अरुण तेस्रो जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजना कार्यान्वयनको विषय छलफलको एजेन्डा हुने बताए । पञ्चेश्वर परियोजना कार्यान्वयनका सन्दर्भमा ड्याम बन्ने स्थानभन्दा तल्लोतटीय क्षेत्रको अधिकार तथा ड्यामको माथिल्लो क्षेत्रका जनताका अधिकार जोडिएको विषय यसपटक हल गर्ने उनले बैठकमा बताए । भारतले पानी प्रयोग गर्ने भएकाले नेपालले क्षतिपूर्तिको अधिकार प्रमुखताका साथ उठाउँदै आएको छ । अरुण तेस्रोको पनि भ्रमणकै क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी र आफूले संयुक्त रूपमा शिलान्यास गर्ने उनले बताए ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?