सुन काण्डमा यसरी मुछियो प्रहरी, योजनाकार र सुन बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुन काण्डमा यसरी मुछियो प्रहरी, योजनाकार र सुन बेपत्ता

सारांश

  • यसरी मुछियो प्रहरी गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो ।
  • यो बीचमा पैसाको बार्गेनिङ भयो, प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो ।
  • तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए ।

यसरी मुछियो प्रहरी
गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको बार्गेनिङ भयो, प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो । तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शंका छ । ठोस आधार नभेटिएकोले केसी र लोहनीलाई निगरानीमा राखेर वयान लिने क्रम जारी छ । तर, अपरेशनमा कुनै सम्वन्ध नभएका एसपी विकासराज खनाल र पुर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

एसपी र डिआइजी अनुसन्धानको घेरामा
गोरेले सनमको शब मोरङबाट उठाएर इटहरी र धरानबीचको जंगलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गेनिङ पनि चलिरहेको थियो । पाँच करोडबाट सुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । पैसा बोेकेर गोरे धरान आउन राजि पनि भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे ।

प्रहरी टोलि तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं. स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडिमा गोरे थिएनन, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको शब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो । त्यसयता उनी सम्पर्कमा छैनन् । गाडि चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गर्यो । उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो ।

आरोपीका आफन्तले गृहमन्त्री गुहारे
सनमको हत्या मल्ल, कार्की र काफ्लेले गरेको भनेर प्रहरीले घटना सार्वजनिक ग¥यो । प्रहरीको विवरणमा विश्वास गरेर समाज मौन थियो । तर, पक्राउ परेकाका परिवारले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर उजुरी दिएपछि मन्त्रालयबाट छानविन समिति बन्यो । त्यही बेला गृहमन्त्रीले भनेका थिए, ‘विमानस्थलबाट टनका टन सुन आइरहेको छ ।’

तर योजनाकार र सुन बेपत्ता
गृहका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले गोरेको फोनको कल डिटेल विश्लेषण गर्‍यो । प्रहरी टोली सुनसरीको धरान र मोरङको पोखरीयाबीच दौडधुप गर्दा गोरेले डिएसपी सन्जय राउत, एसपी विकासराज खनाल र डिआइजी गोविन्द निरौलासँग पनि सम्वाद गरिरहेका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज राउत, मकवानपुरका प्रहरी प्रमुख खनाल र प्रहरी प्रधान कार्यालयको अन्वेषण ब्युरो प्रमुख अपरेशनमा थिएनन् । तर, उनीहरुले प्रहरीको योजना सुनाएर गोरेलाई भगाएको छानविन समितिको विश्लेषण छ । त्यही आरोपमा उनीहरु पक्राउ परेका छन् । डिएसपी सन्जय राउत वयान दिन गृहमन्त्रालय पुगेका थिए, बीचमा उनी त्यहींबाट फरार भएका छन् । प्रहरी हाकिम सिंहदरबारबाटै फरार भएकाले घटनामा उनीहरुको संलग्नता भएको दावीमा थप बल मिलेको छ । तर, यसमा अरु को को तानिने हुन, प्रतिक्षाको विषय छ ।

यो बीचमा १८ जना पक्राउ परेका छन् र पक्राउ परेका मध्ये गोरेका अर्का एक सहयोगी प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आत्महत्या गरेका छन् । तर रेडकर्नर नोटिस जारी भएका गोरे मात्र होइन यसको मुख्य कारण साढे ३३ किलो सुनको पनि अत्तोपत्तो छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो
माओवादीको निश्कर्षः वर्तमान सरकार पूर्ण रुपमा असफल भइसक्यो
स्थानीय चुनावमा एमाले पहिलो
स्थानीय चुनावमा एमाले पहिलो
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
डा. केसीको मागप्रति सरकार सकरात्मक, आजै अनशन तोडाउने गरी छलफल जारी
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
ह्याकरले टेलिकमका सबै डाटा उडाइदिन्छु भनेपछि हल्लीखल्ली मच्चियो, पक्राउ परेपछि दिए यस्तो हाँस्यास्पद बयान
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
प्रदेश प्रमुख हेरफेर गर्ने सरकारको निर्णयलाई आयोगको साथ!
यार्तुङमा युवा सहभागिता घट्दै
यार्तुङमा युवा सहभागिता घट्दै
साउन २७ गते सोमबारको राशिफल यस्तो छ
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
सिंहदरबारमा सत्तापक्ष र राजपाको बैठक जारी
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि

तपाईंले छुटाउनुभयो कि?