गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०७४
|
|
३०६ पटक हेरिएको
Shares

सारांश

  • रसुवा, २ जेठ ।
  • गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।
  • मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा (एमाले)का कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ ।

रसुवा, २ जेठ । गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा (एमाले)का कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा (एमाले) कार्गेल्मो श्रेष्ठ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गर्नुभएको थियो ।

छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?