गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
सारांश
- रसुवा, २ जेठ ।
- गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।
- मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा (एमाले)का कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ ।
रसुवा, २ जेठ । गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ ।
मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा (एमाले)का कैसाङनुर्पु तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, उपाध्यक्ष पदमा एक हजार ७४० मत प्राप्त गरी नेकपा (एमाले) कार्गेल्मो श्रेष्ठ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डेकी तामाङले एक हजार १४९ मत प्राप्त गर्नुभएको थियो ।
छवटा वडा रहेको गोसाइँकुण्ड गाउँपालिकामा तीन हजार ६९३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका अन्य चार गाउँपालिकाको मतगणना कार्य जारी रहेको र भोलिसम्ममा सबै नतिजा आइसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया