प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’

सारांश

  • नेपाल र भारत अन्तर्निभर : ओली काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत एकअर्कामा अन्तनिर्भर रहेको बताएका छन्।
  • नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय वार्ता सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुवै देशले एकअर्कालाई केही दिइरहेको बताएका हुन्।
  • ‘नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ।

नेपाल र भारत अन्तर्निभर : ओली
काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत एकअर्कामा अन्तनिर्भर रहेको बताएका छन्। नयाँदिल्लीमा नेपाल–भारत द्विपक्षीय वार्ता सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुवै देशले एकअर्कालाई केही दिइरहेको बताएका हुन्।

‘नेपालले भारतसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ। दुई देशबीच ऐतिहासिक सम्बन्ध छ। दुवै देशले एकअर्कालाई थुपै्र कुरा प्रस्ताव गरिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘पर्यावरणदेखि व्यापार, विभिन्न रूपमा दुई देशबीच अन्तरर्निभरता छ।

नेपाल भारतमाथि निर्भर रहेको कुरा पटकपटक उठ्ने गरेको छ। २०७२ असोज ३ गते नेपालले नयाँ संविधान जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि नेपालको भारतमाथिको निर्भरता छर्लंग भएको थियो। नेपाल सम्बन्धमा भारतीय जानकारहरू बेलाबखत नेपाल भारतबिना बाँच्न नसक्ने बताउने गर्छन्। भारतीय नेताहरूबाट पनि यस्तै धारणा बेलाबखत सार्वजनिक हुने गरेको छ। यसैबीच प्रधानमन्त्री ओलीले शनिबार संयुक्त पत्रकार सम्मेलनमा भारत पनि कतिपय क्षेत्रमा नेपालमाथि निर्भर रहेको जनाउ दिएका हुन्।

दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा गरेको भारत भ्रमण स्मरण गर्दै उनले त्यसयता नेपालमा धैरै क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको जनाए। तीन चरणको निर्वाचन सम्पन्न गरी राजनीतिक स्थिरता कायम भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको उनले बताए। नेपाल सरकारको मुख्य नारा  ‘समृद्ध नेपाल, खुसी नेपाली’ रहेको जनाउँदै उनले विभिन्न क्षेत्रमा दुई देशबीचको सम्बन्ध विस्तार गर्न र सम्बन्ध थप उचाइमा पु-याउने मिसन लिएर आफू भारत भ्रमणमा आएको बताए।

प्रधानमन्त्री ओलीले नेपालले तीन चरणको निर्वाचन सम्पन्न गरी महत्वपूर्ण संक्रमणकालीन अवधिको अन्त्य गरेको जानकारी दिए। उनले नेपाल आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको बताए। यो संक्रमणकालीन अवधिमा नेपाललाई मित्रको सहयोग र साथ आवश्यक परेको समेत बताए।

‘हामी दुई निकट छिमेकीबीच विश्वासमा आधारित सम्बन्धको बलियो संरचना अझ उचाइमा पु-याउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने। उनले दुई वर्षअघि प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग भएको गहन छलफल सम्झिरहेको पनि बताए। उनले भने, ‘छिमेकीसँगको सम्बन्ध अन्यसँगको भन्दा फरक हुन्छ। समानताको सिद्धान्त, न्याय, आपसी सम्मान र हितका आधारमा छिमेकीबीच शान्तिपूर्ण सहअस्तित्व हुन्छ।’

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को कार्यप्रति दुवै देशका प्रधानमन्त्री सन्तुष्टि व्यक्त गरेको उनले बताए। इपिजीले नेपाल–भारत सबै द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र सुझाव पनि दिने उनले जनाए। ‘इपिजीले उपयोगी सुझावसहितको प्रतिवेदन बुझाउनेछ भन्ने हाम्रो विश्वास छ,’ प्रधानमन्त्री ओलीले भने। इपिजीले अहिले नेपाल र भारतबीचका सम्पूर्ण सन्धिसम्झौताको समीक्षा गरी प्रतिवेदन बनाउने कार्य गरिरहेको छ। दुई वर्षको समयावधि पाएको इपिजीको अन्तिम बैठक आगामी महिना भारतमा हुँदैछ र त्यसपछि दुवै सरकारलाई प्रतिवेदन बुझाउनेछ।

भारतीय प्रधानमन्त्री मोदीसँग इनर्जी बैंकिङ, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, अरुण तेस्रोलगायतका ठूला परियोजना छिटो सम्पन्न गर्नुपर्ने सम्बन्धमा छलफल भएको उनले जानकारी दिए। नयाँ विद्युत् प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको उनले जानकारी दिए। ‘जलस्रोत व्यवस्थापनको कुरा हुँदा वर्षायाममा नेपालको होचो भूमि जलमग्न हुने गरेको छ जुन प्रत्येक वर्ष दोहोरिने गरेको छ। हामीले यसको उचित व्यवस्थापन र समाधान खोज्नुपर्नेमा जोड दिएका छौं,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका महत्वपूर्ण अजेन्डा पूर्वाधार र कनेक्टिभिटी रहेको बताए। नेपाल र भारत सहज तरिकाले भौगोलिक रूपमा जोडिए पनि अन्तरदेशीय पूर्वाधार भने अझै राम्रो बन्न नसकेको ओलीको भनाइ थियो। ‘हामीले अन्तरदेशीय पूर्वाधार राम्रो बनाउने विषयमा छलफल ग-यौं। नदीबाट जोडिने कुरामा पनि छलफल भयो,’ उनले भने। ल्यान्डलकबाट ल्यान्डलिंक देश हुने नेपालको चाहनालाई आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिले सघाएको प्रधानमन्त्री ओलीले बताए।

‘विकासका तीन महत्वपूर्ण क्षेत्रमा हामीले उपलब्धि हासिल गरेका छौं– कृषि, रेलवे र वाटरवे (जलमार्ग)। काठमाडौंबाट रक्सौल जोड्ने रेलसेवा निर्माण गर्न हामीबीच सहमति भएको छ, यसमा म निकै खुसी छु,’ प्रधानमन्त्री ओलीले भने।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?