दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट

सारांश

  • हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा यसरी बालियो दीप काठमाडौं, २९ फागुन ।
  • बंगलादेशबाट उडेको युएस बाङ्लाको विमान सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यहित ५१ जनाको मृत्यु भएको सम्झनामा सक्षम फाउण्डेशन नेपालले मंगलबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ ।
  • सो कार्यक्रममा १ मिनेट मौन धारणपछि गरिएको दीप प्रज्जवलन कार्यक्रममा स्थानीय कलेज, संघसंस्थाका व्यक्तिहरु सहभागी थिए ।

हवाई दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा यसरी बालियो दीप

काठमाडौं, २९ फागुन । बंगलादेशबाट उडेको युएस बाङ्लाको विमान सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यहित ५१ जनाको मृत्यु भएको सम्झनामा सक्षम फाउण्डेशन नेपालले मंगलबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ । सो कार्यक्रममा १ मिनेट मौन धारणपछि गरिएको दीप प्रज्जवलन कार्यक्रममा स्थानीय कलेज, संघसंस्थाका व्यक्तिहरु सहभागी थिए ।

दीप प्रज्वलन कार्यक्रमपछि संस्थाका सदस्य नवीन साहले उक्त घटनामा वारुणयन्त्र घटनास्थलमा पुग्न केही समय लागेको र सो अवधिमा कति जीवित पनि मृत्युको मुखमा पुगेको बताए । त्यस्तै संस्थाका अध्यक्ष डा. सिके सिंहले जनवर्गले यदि त्यस्ता अत्याबश्यक सवारीसाधनलाई प्राथमिकता दिँदा कतिको ज्यान जोगिने हुँदा अत्यावश्यक सवारीसाधनलाई प्रथम प्राथमिकता दिने आजैबाट अठोट गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?