असार ९ गते सोमबारको राशीफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ ।
  • मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
  • शुभकार्यको चर्चा चल्नेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर व्यवहारमा झमेला आउला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?