चिनियाँ र भारतीय रेल अब काठमाडौंमा भेटिँदै!

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
२० पटक हेरिएको
Shares
चिनियाँ र भारतीय रेल अब काठमाडौंमा भेटिँदै!

सारांश

  • काठमाडौं : पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ।
  • काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।
  • सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए।

काठमाडौं : पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए। चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ। उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ। यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुनेछन्।

चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नु पर्नेछ। यो मुस्किलले एक घन्टाको दूरी हो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार रक्सौल–काठमाडौं रेलमार्गले जोड्ने सहमति भएको छ। नेपाल–भारतको सिमा क्षेत्र रक्सौलसम्म अहिले भारतीय रेल सञ्चालन भइरहेको छ। रक्सौल–काठमाडौंं रेलमार्ग निर्माणका हिसाबले पनि सहज मानिन्छ। एक सय ३० किलोमिटर मा दूरी रहेको यो मार्गमा विद्युतीय रेल कुद्नेछ। यो रेलको निर्माण भारत सरकारले आफ्नै खर्चमा गर्ने सहमतिमा उल्लेख छ।

रेल लाइन विस्तार गर्ने सम्बन्धमा दुई देशबीच चार बुँदे सम्झौता भएको छ। सम्झौताको पहिलो बुँदामै भारतको आर्थिक सहयोगमा यो विद्युतीय रेलमार्ग बनाइने उल्लेख छ। रक्सौलबाट काठमाडौं जोड्ने यो रेलमार्गको आगामी एक वर्षभित्रै नेपाल सरकारसँगको परामर्शमा सर्वेक्षण हुनेछ। निर्माण मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदनका आधारमा गर्ने सहमति भएको छ। त्यसको कार्यान्वयन तथा बजेट तय नेपाल सरकारसँगको समन्वयमा हुने उल्लेख छ।

नेपाल–भारत सिमा जोड्ने गरी बनाउन थालिएको रेललाइन परियोजनामा पहिलो चरणमा भएको कामको प्रशंसा भएको छ। भारत सरकारकै सहयोगमा निर्माण भइरहको जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ। यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा आउनेछ। भारतको सहयोगमा बनेको यो मार्गमा सञ्चालनको आवश्यक रेल समेत भारतले दिनेछ।

जयनगर–जनकपुर–कुर्था र जोगबनीबाट विराटनगरसम्म सन् २०१८ भित्रै कस्टम यार्ड निर्माण गर्ने पनि उल्लेख छ। जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सिमा रेलमार्गलाई पनि प्राथमकिताका साथ अगाडि बढाइने उल्लेख छ। यो क्षेत्रमा नेपालले जग्गा अधिग्रहणको काम छिटो टुंग्याउने प्रतिबद्धता जनाएको छ।

रेलमार्गबाट काठमाडौं जोड्दै दुई छिमेकी

भारतले रक्सौलबाट काठमाडौं जोड्ने रेल मार्ग बनाइदिने भएपछि केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्मको रेलमार्ग बनाउन चीन सरकारले चासो देखाएको छ। चीनले यस अघि केरुङ –काठमाडौं करिब एक सय किमि रेलमार्ग बनाउन चासो देखाएको थियो। नेपाली भूमि रसुवागडीबाट भने काठमाडौंसम्मको यस्तो रेलमार्गको दूरी करिब ७५ किमि मात्रै हुने उल्लेख छ।

काठमाडौंसम्म रेल ल्याउने विषयमा भारतसँग सहमति भएपछि अब चीनले पनि यो रेलमार्ग बनाउन सहमति गरेरै अगाडि बढ्ने आशा बढेको छ। प्रधानमन्त्री ओलीले भू–राजनीति मिलाउन पनि दुवै छिमेकी मुलुकसँग समान दूरी कायम राख्न काठमाडौंलाई दुवै मुलुकबाट रेलमार्गले जोड्न खोजेका हुन्। चीनसँग सहमति भइनसकेको भए पनि उसले देखाएको चासो आधारमा दुई छिमेकी राष्ट्रबीच कामठाडौंमा रेलमार्ग निर्माणमा प्रतिस्पर्धा हुने देखिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
Raging wildfire forces New Mexico village to evacuate
Raging wildfire forces New Mexico village to evacuate
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
रुद्र थापा र सुस्मा बि.के. ले भन्दैछन : ‘आउ आज वाचा गरि’
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
महाथिरद्वारा ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने प्रतिवद्धता
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
व्यापार युद्धको खतरा: चीनले व्यापार वार्ताबारे ‘सम्झौता तोडेको’ ट्रम्पको आरोप
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?