हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
हेलिकोप्टरबाट गोली हानी हजारौं जंगली ऊँट मारिदै

सारांश

  • अष्ट्रेलियामा आगलागीपछि पानीका लागि भौतारिएका जंगली ऊँटलाई धमाधम मारिदैछ ।
  • ऊँटले सर्वसाधारणको घर र वस्तीमा पसेर आक्रमण गर्न थालेपछि मार्न गर्न थालिएको हो ।
  • बुधबारबाट शुरु गरिएको ऊँट मार्ने सिलसिला पाँच दिनसम्म चल्ने जनाइएको छ ।

अष्ट्रेलियामा आगलागीपछि पानीका लागि भौतारिएका जंगली ऊँटलाई धमाधम मारिदैछ । ऊँटले सर्वसाधारणको घर र वस्तीमा पसेर आक्रमण गर्न थालेपछि मार्न गर्न थालिएको हो ।

बुधबारबाट शुरु गरिएको ऊँट मार्ने सिलसिला पाँच दिनसम्म चल्ने जनाइएको छ । जंगलमा आगो लागेपछि पानीका लागि ऊँट भौतारिंदा सडकमा देखिन थालेका छन् । सर्वसाधारण असुरक्षित भएका छन् । सुरक्षाका लागि भन्दै अष्ट्रेलिया सरकारले ऊँट मार्न शुरु गरेको हो ।

आदिवासी बसोबास गर्ने दक्षिणी अष्ट्रेलियामा ऊँट मार्ने क्रम चलाइएको थियो । त्यहाँ आदिवासीको बसोबास रहेको छ । ऊँट अष्ट्रेलियाको स्थानीय जनावर होइन । बेलायतीहरुले भारत, अफगानिस्तान र मध्यपूर्वबाट अष्ट्रेलियामा ऊँट लगेका थिए ।( एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?