कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
कक्षा १२ को नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ !

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
  • पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे ।
  • गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए। आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ। परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।याे वर्ष पहिलाेपटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गर्न गरिएकाे छ।

नतिजा  एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ। यसका लागि results (Space) Symbol number टाइप गरी३५००१ मा पठाउन सकिनेछ। इकान्तिपुरले मर्सी एजुकेशनसँगको सहकार्यमा कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे हाे। एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ।नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?