श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
श्रीमान्लाई पक्षाघात– श्रीमतीको मिर्गाैला फेल

सारांश

  • लिस्बन,पोर्चुगल, २५ चैत ।
  • वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।
  • आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् ।

लिस्बन,पोर्चुगल, २५ चैत । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएको एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् ।
आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित छन् । चन्द्रकिशोर एक्कासि पक्षाघात भई देब्रेतर्फको पूरै हर नचल्ने भएपछि दुई महिनादेखि ओछ््यानमै थलिएका छन् । उनकी श्रीमती शर्मिलाको दुवै मिर्गाैला बिग्रेपछि दुई महिनादेखि ओछ््यानमै छिन् ।

गत माघ २६ गते बिहान उठ्न खोज्दा देब्रेतर्फको शरीरको एक हर नचल्ने, मुखबाट ¥याल मात्र बग्ने र बोल्नसमेत नसक्ने भएपछि श्रीमतीले उपचारका लागि तत्काल अस्पताल पु¥याएकी थिइन् । उच्च रक्तचापका कारण पक्षाघात भएका चन्द्रकिशोरलाई १० दिनको उपचारपछि घर फर्काइएको भए पनि ओछ्यानमै थलिनुपरेको छ । चिकित्सकको सल्लाहअनुसार चन्द्रकिशोरले दैनिक व्यायाम गर्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । उपचारपछि बोल्न सक्ने भए पनि उठ्न, बस्न र चल्नसक्ने स्थिति भने छैन ।

यता श्रीमान्को औषधोपचार, रेखदेख र स्याहार गरिरहेकी शर्मिलाको श्रीमान्लाई अस्पतालबाट ल्याएको केही दिनमै एक्कासि खुट्टा सुनियो । स्वयं ओछ्यानमै थला परेका चन्द्रकिशोरले श्रीमतीको उपचारका लागि अस्पताल पु¥याए । सामान्य खुट्टा सुन्निएकी शर्मिलाको उपचार गर्न अस्पताल लैजाँदा दुवै मिर्गौला बिग्रिएको चिकित्सकले बताए ।

शर्मिलाले भनिन्, “दुवै मिर्गाैला फेल भइसकेको कुरा सुन्दा बूढाबूढी नै रोइकराइ ग¥यौँ तर हाम्रो रोइकराइ सुनिदिने कसले ? दुवै जना थलिएपछि हाम्रा दिन रोएर नै बित्ने गरेका छन्”, गहभरी आँशु निकाल्दै शर्मिलाले आफ्नो पीडा रासससँग सुनाइन्, “हामी त बेसहारा भयौंँ, सहारा दिने कोही छैन । जीवन र मृत्युको दोसाँधमा छौंँ हजुर । परदेशको बसाइ, त्यसमाथि श्रीमान् श्रीमती दुवै जना ओछ्यानमा थलिनुपर्दा हाम्रो त बिजोक नै भएको छ ।” कागजपत्र मिलाएर दुई वर्ष अगाडि मात्र पोर्चुगल आएकी शर्मिलाले छ महिनादेखि सानोतिनो कामसमेत गर्दै आएकी थिइन् ।

अहिले शर्मिलाको दुवै मिर्गाैलाको डायलासिस भइरहेको छ भने चन्द्रकिशाोरको उपचार भइरहेको छ । चन्द्रकिशोर दम्पती ओछ्यानमै थला परे पनि पानीसम्म दिने मान्छे साथमा छैनन् । बिरामीको रेखदेख र स्याहार त कता हो कता, बिहान बेलुकीको खानाको जोहोसम्म गरिदिने कोही छैनन् । पराजुली दम्पती राजधानी लिस्बनस्थित आरोइसको एउटा घरको सानो कोठा भाडामा लिएर बस्दै आएको छ ।

दुई छुट्टाछुट्टै ओछ्यानमा थलिएका दम्पतीको दैनिकी एकार्कालाई टुलुटुलु हेरेर बित्ने गरेको छ । आफूहरु दुवै थला परेपछि औषधोपचार र दैनिक छाक टार्न समेत धौधौ भएको चन्द्रकिशोरले बताए । मृत्युसँग लडिरहेको चन्द्रकिशोर दम्पतीले सहयोगका लागि याचना गरेको छ । युरोप आउँदा लिएको ऋण चुक्ता गरी धनसम्पत्ति जोड्ने सुनौलो सपना बुनेको दम्पत्तीका एक छोरा छन् ।
बिरामी भई थला परेपछि काममा जान सकिएन, पैसा आउने बाटो छैन, घरभाडा, बिजुली पानी, बिहान बेलुकीको छाक टार्न समेत समस्या भएको उनले सुनाए । “खाना पकाइदिने मान्छे छैन, पानी दिने कोही छैन”, रासससँगको कुराकानीका क्रममा भक्कानिँदै चन्द्रकिशोरले भने, शौचालय जान पनि सक्दिन, दुवै जना थलिएका छौंँ, यस्तो वज्रपात त कसैलाई पनि नपरोस् ।”
“के गर्नू हजुर हाम्रो त रोएर नै दिन बित्ने गरेका छन्, न उपचार गर्न पैसा छ, न त छाक टार्न नै ” चन्द्रकिशोर दम्पतीले बिलौना गर्दै भन्यो, “लौ न हजुर हाम्रो समस्याका विषयमा समाचार लेखिदिनुप¥यो । विश्वभर रहेका नेपाली दाजुभाइको सानो सानो सहयोग पाइयो भने पनि बाँच्न सकिन्छ कि भन्ने आशा छ ।” मिर्गौला प्रत्यारोपणका लागि सहयोग जुटाउन सकियो भने श्रीमतीलाई बचाउन सकिन्छ भन्ने आशा व्यक्त गर्दै चन्द्रकिशोरले भने । श्रीमान्श्रीमती दुवै थलिएपछि औषधोपचारका लागि सहयोग संकलन अभियान शुरु गरिएको चितवन समाज पोर्चुगलका अध्यक्ष तुलसीराम थपलियाले राससलाई जानकारी दिनुभयो ।

चन्द्रकिशोर दम्पतीको जीवनरक्षाका लागि विश्वभर रहेका सबै नेपालीलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको थपलियाले बताउनुभयो । उनीहरुको औषधोपचार र सहयोगका लागि आफूहरु संस्थागत रुपमा लागिपरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले बताउनुभयो । यहाँको सरकारीस्तरबाट पाउनसक्ने सेवा सुविधा र औषधि उपचारका लागि पनि पहल भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो
राजपालाई कसैले फुटाउन सक्दैन, त्यो दिवा सपना होः महतो
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ
युवाको श्रमलाई स्वदेशमा नै टिकाउनुपर्ने : मन्त्री तामाङ
बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
२२ सय औंठी, १४ सय सिक्री र ४२३ वटा घडी भएका मलेशियाका पूर्व प्रधानमन्त्री रजाक भ्रष्टाचारी ठहर
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

तपाईंले छुटाउनुभयो कि?