डिजल, पेट्रोल र मटितेलको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
डिजल, पेट्रोल र मटितेलको मूल्य घट्यो

सारांश

  • नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मटितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।
  • कोरोना भाइरसका कारण विश्व नै जोखिममा परेका बेला अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
  • विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपालमा पनि घटेको हो ।

नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मटितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । कोरोना भाइरसका कारण विश्व नै जोखिममा परेका बेला अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपालमा पनि घटेको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल, मटितेलको साविकको खुद्रा विक्री मूल्य घटाएको हो । निगमले काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम गरेको छ । त्यस्तै डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?