रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
३३७ पटक हेरिएको
Shares
रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी

सारांश

  • ४ जेठ, रुकुम ।
  • पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ ।
  • पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।

४ जेठ, रुकुम । पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।

आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ ।

पछिल्लोपटक सार्बजनिक आठविसकोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गोर्खबहादुर केसी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र बटालालाई २ हजार ३४ मत अन्तरले पराजित गरेर केसी आठविसकोट नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

माओवादीका केसीले ५ हजार ६ सय २९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बटालाले ३ हजार ५ सय ९५ मत प्राप्त गरे । नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार हरिप्रसाद शर्माले २ हजार ४ सय ३५ मत पाएका छन् ।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी गीता नेपाली निर्वाचित भएकी छन् । नेपालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अनिता बुढालाई २ हजार ४ सय ३१ मतले हराएर उपप्रमुखमा विजयी भएकी हुन् ।

नेपालीले ५ हजार ६ सय १८ मत पाइन् भने कांग्रेसकी बुढाको पक्षमा ३ हजार १ सय ८७ तथा एमालेकी अमृता शाहको पक्षमा २ हजार ७ सय ८५ मत खसेको छ ।

आठविसकोट नगरपालिकाका कुल १४ वडा मध्य ११ वडामा माओवादी केन्द्र, २ वडामा कांग्रेस र एउटा वडामा एमाले विजयी भएको छ ।

रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् ।

चौरजहारी नगरपालिकाको प्रमुखमा विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट विजयी भएका छन् ।

बाँफिकोट गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन तथा सानीभेरी गाउँपालिका अध्यक्षमा डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।

रुकुमका भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका भने पाँच नम्बर प्रदेशमा पर्ने भएकाले जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर ७ गते शनिबारको राशिफल यस्तो छ
मंसिर ७ गते शनिबारको राशिफल यस्तो छ
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
एटिएम फोरेर पैसा निकाल्न खोज्ने पक्राउ
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
विगतका घाउका टाटाहरुलाई भारतले मलम पट्टी लगाउने काम गरेको छ : पण्डित
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
भतरपुर महानगरको विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुँदै, कस्तो आउला निर्णय ?
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
ज्ञानको विकास र बिस्तार नेपालबाटै भएको हो : अध्यक्ष ओली
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे
चुनावमा अवरोध भए सेना परिचालन गर्नुपर्छ: बिजुक्छे

तपाईंले छुटाउनुभयो कि?