विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ४, २०७८
|
|
२९ पटक हेरिएको
Shares
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री

सारांश

  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्।
  • एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्।
  • विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्।

यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। यसअघि अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर मुख्यमन्त्री विहिबार मनाङको बाढी ग्रस्त क्षेत्रको अवलोकनमा गएपछि मौसममको कारण मनाङबाट फर्कन पाएका छैनन् । उनी विहिबार मनाङमै बसेका छन् ।

पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धन र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा पोखरेल मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री बनेकै दिन मन्त्रिपरिषद् गठन गरेका पोखरेलले हालसम्म मन्त्रीहरूको कार्य विभाजन गरेका छैनन्। मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्री परिषद् गठन गरेका उनले आफूबाहेक अन्य सबै मन्त्रीलाई विनाविभागीयमा राखेका छन्। अब उनले विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्य विभाजन गर्ने तयारी गरेको स्रोतले बताएको छ। सरकारका प्रवक्ता तथा विनाविभागीय कुमार खड्काले भने, ‘अब विश्वासको मत लिएपछि मात्र विश्वासको मत लिने तयारी छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
ईन्डिया पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको धेरै नमिठ्ठो हार : पाकिस्तानले १८० रनले भारतलाई हरायो
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो
बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
छानबिन नटुङ्गिदै पुनःखुलाइयो घोराही सिमेन्टको आइपिओ
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह
रुपन्देहीलाई औद्योगिक हब बनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?