नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने प्रष्ट गरेका छन् ।
- नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल वायु सेवा नियमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ पनि दिन नसकिने प्रष्ट गरेका छन् ।नेपाल वायु सेवा निगमको ६१ औं वार्षिकोत्सव समारोहमा ओलीले व्यवस्थापन नसुधार्दासम्म एक रुपैयाँ पनि नदिने प्रष्ट गरेका हुन् ।प्रधानमन्त्री ओलीले वायु सेवा व्यवस्थापनले जहाज किन्ने तर उडाउन नसक्ने र घाटामा छ भनेर सरकारसँग पैसा मागिरहने क्रम कहिलेसम्म भन्दै प्रश्न गरे ।उनले भने, ‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ । यो व्यवहारमा देखिनुर्पयो ।’जहाज चढ्ने, चढाउने सबै फाइदामा रहेको, तर बोक्ने जहाज मात्र घाटामा रहेको भन्दै उनले भने, ‘जहाजले होइन, हाम्रो कारण नोक्सान भएको छ ।’‘जहाज छन् तर उडाउने पाइलट छैनन् ।
गन्तव्य छैन । कहाँ उडाउने टुंगो छैन । भद्रगोल व्यवस्थापन छ । यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो । आफैं सक्ने भए छिटो गर्न पर्यो’, ओलीले भने,‘गर्नु पर्ने काम नगर्ने यति र उति अर्ब चाहियो भन्दैमा पैसा दिन सकिँदैन । यसका लागि सुव्यवस्थापनको ग्यारेन्टी चाहिन्छ ।’सही कार्ययोजना बिना निगमलाई यथास्थितिमा रकम दिन नसकिने प्रष्ट गर्दै उनले निजी क्षेत्रले सञ्चालन गर्दा जे पनि सफल हुने र सरकारी हुँदा जे पनि असफल हुनुको कारण के हो जवाफ दिनुपर्छ भने ।प्रधानमन्त्री ओलीले निगमलाई सुधार्न आफु तयार रहेको भन्दै ठोस कार्ययोजना ल्याए थप विमान किन्न सरकारको सहयोग रहने पनि बताए ।उनले भने, ‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो रु ३९ अर्ब ऋण छ ।
यो दान पूण्यको मात्र क्षेत्र होइन । नाम सेवा निगम भए पनि व्यापार हो । निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन’, प्रधानमन्त्री ओलीले भने भने,‘आफैंले आम्दानी गर्नुपर्छ । जहाज किन्छौं चलाउने मान्छे छैन । वाइड बडी किन्यौं गन्तव्य छैन । नेपाल वायुसेवा निगममात्र घाटामा छ । काम गर्ने, चढ्ने, चलाउने सबै नाफामा वायुसेवा निगममात्र किन घाटामा रु’विमान खरिद गर्दा कमिशनको खेल हुनेतर्फ औल्याउँदै प्रधानमन्त्री ओलीले सरकारलाई कमिशन नचाहिएकाले निगमका पदाधिकारीलाई पनि कमिशनको पछि नलागी संस्था बनाउनेतर्फ लाग्न निर्देशन दिए ।ऋण लिएर किनेको वाइड बडी जहाज चलाउन नसकेको निगमले किस्ता तिर्नकै लागि सरकारसँग आर्थिक सहयोग माग्दै आएको छ ।
प्रतिक्रिया