ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना

सारांश

  • काठमाडौं, ३० चैत ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीलाई शुभकामना दिएका छन् ।
  • राष्ट्रपति कार्यालयका कार्यवाहक सचिव जोन जे सुलिभानले शुक्रबार विज्ञप्ति जारी गरी ट्रम्पको शुभकामनाबारे जानकारी गराएका हुन् ।

काठमाडौं, ३० चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ वर्षको पूर्वसन्ध्यामा नेपालीलाई शुभकामना दिएका छन् । राष्ट्रपति कार्यालयका कार्यवाहक सचिव जोन जे सुलिभानले शुक्रबार विज्ञप्ति जारी गरी ट्रम्पको शुभकामनाबारे जानकारी गराएका हुन् ।

ट्रम्पले संसारभर रहेका नेपालीलाई अघिल्लो वर्ष नेपालले गरेको धेरै महत्वपूर्ण कार्यबारे पनि शुभेच्छा प्रकट गरेका छन् । नेपालले अघिल्लो वर्ष स्थानीय, प्रदेश र प्रतिनिधिसभाको शान्तिपूर्वक निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्न सफल भएको भन्दै ट्रम्पले यसले समृद्धिको मार्गचित्र तय गर्ने उल्लेख गरेका छन् ।

अमेरिका र नेपालबीच गहिरो सम्बन्ध रहेको भन्दै उनले अमेरिकामा रहेका नेपालीले आफ्नो देशको कला र संस्कृतिमा पु¥याएको योगदानको प्रशंसासमेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?