कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
सारांश
- दिदि नमस्ते !
- !
- !
दिदि नमस्ते !!!
सर्वप्रथम म काहा बाट सुरु गरौं भनेर अलमल परी रहेको छु । पहिला त हजुरलाई अग्रिम शुभकामना सहित हजुर बाट घेरै आशाको प्रतीक्षा गरेका छौं । गायक, नायकको मात्र होईन एक सच्चा, निस्ठापुर्वक राजनीतिमा लागेको ब्यक्तिको पनि हजारौं लाखौं फ्यान हुन्छन् । जसको जोल्न्त उदाहरण स्वयम् म पनि हो । र म नेपाली विद्यार्थी आन्दोलन कि हस्ती अनेरास्ववियुकि अध्यक्ष नबिना लामाको ठुलो फ्यान हु । दिदिलाई नजिक बाट चिनेको ७/८ वर्ष भयो । त्यसभन्दा पहिले पनि हजुरले समाजका गरेको धेरै सकारात्मक परिवर्तन हामी माझ सर्वविधितै छ ।
जो डराउदैन त्यो वलबान होइन, बलवान त्यो हो जसले डरलाई जित्न सक्छ । नेल्सन मन्डेलाको त्यो भनाई र हजुरको त्यो सोच ठ्याक्कै मिल्न गएको देखे । कोशी पारीको विकट गाउँ बाट १२ वर्ष कि एउटा महिला जो समाज र रास्ट्र परिवर्तनको लागि त्यतिबेला तपाईले सुरु गर्नु भएको परिवर्तन साच्चिकै सम्झन लाएक छ । त्यतिबेला अहिलेको जस्तो छुट काहा थियो र महिलाहरुलाई घरबाट ? तर त्यस्ता सबै बाधा अल्छनलाई बेहोर्दै भएपनि तपाई लम्की रहनु भयो, बड्की रहनु भयो ।
परिवर्तन सम्भब छ हाम्रै पालामा भन्ने सोच र आद्म्य लिएर हिड्नु भयो । सधैं सबै संग भाईचराको सम्बन्ध बनाएर हिड्नु भयो । स्कुल कमिटी, जिल्ला कमिटी, बागमती अञ्चल, रापस, केन्द्रिय कमिटी हुँदै आज तपाई देशकै ठुलो विद्यार्थी संगठनको अध्यक्ष हुनुहुन्छ । युवा विद्यार्थीहरुले तपाई बाट धेरै आशा अपेक्षा गरेका छौं । रास्ट्र परिवर्तनको लागि तपाईको भुमिका अझ माथि पुग्नेछ भन्ने कुरामा हामी बिश्वस्त छौं ।
कक्षा छ मा अनेरास्ववियुको सदस्यता प्राप्त गर्नुभएको तपाईले कक्षा ८ मा प्रा.क. अध्यक्ष हुनुभयो । असल हुँदै अगाडि बढ्दै गर्दा १४ औ रास्टिय सम्मेलन बाट रापस नियुक्त हुनुभयो । १६ औं रास्टिय सम्मेलन बाट बैकल्पिक केन्द्रिय सदस्य हुँदै गर्दा समयको माग, तपाईंको लगन्शिलता र आम विद्यार्थी हरुको चाहना अनुरुप तपाई १८ औं महाधिवेशनमा सचिवालय सदस्य एबम महिला विभाग प्रमुख हुनु भयो । १९ औं रास्टिय सम्मेलनमा पुन सचिवालय सदस्य एबम प्रकाशन तथा योजना विभाग प्रमुख हुँदै गर्दा विद्यार्थी हरुमा तपाईंले खेलेको भुमिकाले गर्दा २० औं रास्टिय सम्मेलनमा उपाध्यक्ष जस्तो गरिमामय जिम्मेवारी पाउन सफल हुनु भयो । त्यो जिम्मेवारीलाई पनि निस्ठापुर्वक निभाएको कारण २१ औं महाधिवेशनमा पुन विद्यार्थीले महासचिव पदमा विजय गराए । पटक-पटकको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागिता र सक्रिय नेतृत्व गरेको कारण २२ औं रास्टिय महाधिवेशन काठमाडौ बाट देशकै शक्तिशाली एबम ठुलो संगठन, लाखौं लाख विद्यार्थी हरुको आशाको संगठन अनेरास्ववियुको अध्यक्ष हुनु भयो ।
रास्टिय सिमा सुरक्षा अभियान, कालापानी अभियान, लक्षमणपुर अभियान, सुस्ता आदिको रास्टिय महत्त्व राख्ने आन्दोलनमा सक्रिय भुमिका निर्वाह गर्नु भयो । जन आन्दोलन ६२/६३ मा धेरै पटक घाईते जेल जानु भयो कै कारण पनि तपाई बाट हामीले धेरै आश गरेका छौँ ।
: तपाई एक कुशल, साहसी, जुझारु महिला नेतृ हो त्यसैले म तपाईको फ्यान ।
: भुक्म्प, बाढी पीडित लगायत बिपत्तिको बेला सक्रिय सहभागीता जनाउनु भएको कारण नै म तपाईको फ्यान ।
: रास्ट्र, रास्टियता, देश भक्ति आन्दोलनको पर्खाल हो तपाईं त्यसैले म तपाईंको फ्यान ।
: समाजको कुरिती, अन्याय, अत्याचारको अन्त्य गर्ने भेल हो तपाई त्यसैले म तपाईंको फ्यान ।
: आफू जलेर समाजलाई उज्यालो दिने सक्ने प्रकाश हो तपाई त्यसैले म तपाईको डाई हर्ट फ्यान ।
यसपालि हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तपाईंको नाम पनि समानुपातिकको सुचिमा देखेर धेरै खुशी लाग्यो । पार्टीले एक असल निस्ठावान, जुझारु महिलालाई स्थान दिएछ । अन्त्यमा हजुरलाई विजयको शुभकामना सहित लाल अभिवादन नबिना दिदी ।
ओम प्रकाश बानियाँ
दोहा, कतार
प्रतिक्रिया