बिरामी बिदा लिएर प्रेमिका भेट्न विदेशमा उपसचिव !
सारांश
- काठमाडाै, १३ वैशाख ।
- नेपाल सरकारका उपसचिवहरु बिरामी बिदामा बसेर अन्य काम गरिरहेको तथ्य संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय समक्ष खुलेको छ।
- उपसचिव तहका कर्मचारीहरु बिदामा बसेर अन्तरार्ष्ट्रिय गैरसकारी संस्थाको जागिरका लागि कोही बंगलादेश पुगेको र कोही राजधानीका कलेजहरुमा अध्यापनको लागि धाइरहेको खुलेको हो।
काठमाडाै, १३ वैशाख । नेपाल सरकारका उपसचिवहरु बिरामी बिदामा बसेर अन्य काम गरिरहेको तथ्य संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय समक्ष खुलेको छ।
उपसचिव तहका कर्मचारीहरु बिदामा बसेर अन्तरार्ष्ट्रिय गैरसकारी संस्थाको जागिरका लागि कोही बंगलादेश पुगेको र कोही राजधानीका कलेजहरुमा अध्यापनको लागि धाइरहेको खुलेको हो।
वर्ष २०७४र७५को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न मन्त्रालयमा कार्यरत उच्चतहका कर्मचारीलाइ निर्देशन दिँदै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता उपसचिवको सूची आफूसँग आइपुगेको जानकारी दिएका छन्।
एक जना उपसचिव प्रेमिका भेट्न विदेश सम्म बिरामी बिदा लिएर पुगेको श्रोतको भनाइ छ।
‘प्रदेश मन्त्रालयको सचिव बनाएर पठाइयो तर केही सचिवहरु बिरामी बिदाको पत्र लेखेर तीन महिनाको लागि आइएनजियोको जागिर गर्न बंगलादेश गएको र केही काठमाडौंकै तीन/चार कलेजमा पढाउन कुदिरहेको तथ्य मसँग आइपुगेको छ’, उनले भने। त्यस्तो कार्य आफू र कामप्रतिको बेइमानी भएको उनले बताए।
सरकारले देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरिसकेको छ। सो दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी रिक्त छन्।
स्थानीय तहमा पुगेका कर्मचारी पनि विभिन्न बहाना बनाउँदै त्यहाँबाट अन्यत्र सरुवा हुन खोज्ने प्रवृत्ति बढेको संघीय मामिला मन्त्रालयले जनाएको छ।
Ishwori Nepal
बधाइ छ मंत्री ज्यू तपाइको कदमलाइ।
Indira Adhikari
Aba sabai sarkari kam chor haru lai karbahi hos
Sankar Bista
अोहो के हो यो डेटिङमा सचिब नेपालको दासा