कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय

सारांश

  • शरीरमा भएको कालोपन हटाउने विभिन्न तरिका भएपनि घरेलु विधि सबैभन्दा फाभदायक मानिन्छ।
  • सस्तो र घरमै बसेर छालालाई दागरहित बनाउन सकिने भएकाले घरेलु विधि सबैको रोजाइमा परेको हो।
  • यो विधिबाट कुहिना वा घुँडामा देखिने कालो दाग सजिलै हटाउन सकिन्छ।

शरीरमा भएको कालोपन हटाउने विभिन्न तरिका भएपनि घरेलु विधि सबैभन्दा फाभदायक मानिन्छ।सस्तो र घरमै बसेर छालालाई दागरहित बनाउन सकिने भएकाले घरेलु विधि सबैको रोजाइमा परेको हो। यो विधिबाट कुहिना वा घुँडामा देखिने कालो दाग सजिलै हटाउन सकिन्छ। त्यसका लागि नियमित तल दिइएको विधि अपनाउन भने बिर्सनु हुँदैन।

काँक्रो वा इमली  : एक चम्चा काँक्रोको रस र एक चम्चा इमलीकी रस मिलाएर कुहिना र घुँडामा लगाउनुपर्छ। लगाएको १५ मिनेट पछि पानीले सफा गर्नुपर्छ।नियमित यसो गर्दा कालाे दाग हटेर जान्छ।

दही वा भिनेगेर : दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ।यसले ब्लिचको काम पनि गर्छ।एक कचौरा दहीमा एक चम्चा भिनेगेर मिसाएर बनाएको लेप घुँडा तथा कुहिनामा लगाउँदा छाला सफा देखिन्छ।

नरिवलको तेल : नरिवलको तेलमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ। प्रत्येक रात सुत्नुभन्दा अगाडी कालो दाग भएको भागमा नरिवलको तेलले मालिस गर्नुपर्छ।नियमित यसो गर्दा छाला दागरहित हुन्छ।

दूध र मह : एक कचौरामा दूध र मह राखेर लेप बनाउने।उक्त लेपलाई घुँडा र कुहिनामा लगाउने। १० मिनेट पछि सफा चिसो पानीले पखाल्ने।

कागतीको रस : सुत्नुभन्दा अघि नियमित कागतीको रस कुहिना र घुँडामा लगाउने। आधा घण्टा पछि पखाल्ने। यसो गर्दा कुहिना र घुँडामा भएको कालो दाग हटेर जान्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन
ओली र प्रचण्ड मिलाउन वामदेवले तयार गरे यस्तो रसायन
गृहमन्त्रीको आदेशमा मन्त्रालयभित्रै थुनियो चिकित्सक
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
सुसाइड नोट लेखेर फेरि अर्का रेडियो पत्रकारले गरे आत्महत्या
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत
स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत
बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
भोट नहाल्ने तिङलाका बासिन्दाको माग पूरा गर्ने प्रतिनिधिको प्रतिबद्धता
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव

तपाईंले छुटाउनुभयो कि?