ट्रेण्डिङमा उक्लिदै दुर्गाको ‘भेटेरै सु्न्नु छ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ट्रेण्डिङमा उक्लिदै दुर्गाको ‘भेटेरै सु्न्नु छ’

सारांश

  • गायिका दुर्गा खरेलको ‘भेटेरै सु्न्नु छ बोली हजुरको’ले रिलिज भएको छोटो समयमै निकै चर्चा पाउन सफल भएको छ ।
  • रिलिज भएको चार दिनसम्ममा यो गीतलाई युट्युवमा करिब ५ लाख पटक हेरिसकिएको छ ।
  • त्यस्तै गीत युट्युवको नेपाल ट्रेण्डिङमा २१ नंवरमा समेत उक्लिएको छ ।

गायिका दुर्गा खरेलको ‘भेटेरै सु्न्नु छ बोली हजुरको’ले रिलिज भएको छोटो समयमै निकै चर्चा पाउन सफल भएको छ । रिलिज भएको चार दिनसम्ममा यो गीतलाई युट्युवमा करिब ५ लाख पटक हेरिसकिएको छ । त्यस्तै गीत युट्युवको नेपाल ट्रेण्डिङमा २१ नंवरमा समेत उक्लिएको छ । अर्गानिक भ्यूजबाटै गीतले यसरी चर्चा पाएको भन्दै गायिका खरेलले खुशी व्यक्त गर्दै दर्शकलाई धन्यवाद भनेकी छिन् ।

डान्सिङ फ्लेभरको गीतमा अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शव्द रहेको छ । पछिल्लो समय फिल्मका चर्चित गीतको संगीत गर्दै आएका संगीतकार पोखरेलले यो गीतमार्फत फिल्मबाहेकका गीतमा पनि आफुलाई चर्चित बनाउने संकेत देखाएका छन् । गीतको भिडियोमा प्रियंका कार्की र पवन शर्मा फिचरिङ भएका छन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विकास दाहालको सम्पादन र निशान घिमिरेको निर्देशन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?