गौरादहमा कृषि क्याम्पस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
गौरादहमा कृषि क्याम्पस

सारांश

  • दमक, १६ कात्तिक   झापाको गौरादहमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।
  • तत्कालका लागि गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालन हुने छ ।
  • कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको छ ।

दमक, १६ कात्तिक   झापाको गौरादहमा यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ ।

तत्कालका लागि गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालन हुने छ । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको छ ।

विश्वविद्यालयको टोलीले यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने गरी पहिलो वर्ष ५० जना विद्यार्थी भर्ना लिने तयारीसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । गौरादहमा कृषि क्याम्पस सञ्चालनका लागि सरकारले रु तीन करोड बजेट विनियोजन गरेको र रु एक करोड विश्वविद्यालयको कृषि शाखा मातहतमा आएको गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कृषि क्याम्पस सञ्चालन हुने भएपछि स्थानीय किसान र विद्यार्थी उत्साहित भएका छन् । कृषिका लागि प्रचुर सम्भावना भए पनि औपचारिक अध्ययन गर्ने शैक्षिक संस्था नहुँदा दक्ष जनशक्ति उत्पादन हुन नसकेको उहाँको भनाइ छ । कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बन्न सक्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल
मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ : माधव नेपाल
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
विप्लव माओबादीले मंसीर ८ गते काठमाडौंमा विशाल शान्तिपूर्ण जनसभा गर्ने
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
अब ‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
फिजीमा ८.२ म्याग्निच्युडकाे भूकम्प !
फिजीमा ८.२ म्याग्निच्युडकाे भूकम्प !
तेह्रथुममा आगलागी,किशोरीको मृत्यु
तेह्रथुममा आगलागी,किशोरीको मृत्यु