रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम

सारांश

  • रेसुङ्गा ।
  • रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ ।
  • निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।

रेसुङ्गा । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ ।

निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो । बिहान ६ः५५ बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज ७ः३९ बजे गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष बिष्टका अनुसार अबको एक हप्तामा निगमको जहाजले नियमित उडान गर्नेछ ।

यसअघि तारा एयरले परीक्षण उडान गरे पनि भाडादर महँगो भएपछि सम्झौता तोडिएको थियो । उक्त एयरले प्रतियात्रु आठदेखि नौ हजार भाडादर कायम गरेको थियो । निगमको जहाजले प्रतियात्रु छ हजारमै उडाउने भएपछि रेसुङ्गा नगरपालिकाले निगमसँग सम्झौता गरेको थियो ।

परीक्षण उडानमा निगम र नागरिक उड्ययन प्राधिकरण क्यानका प्राविधिक आएका थिए । “विमानस्थलको अवस्था पूर्ण रुपमा ठीक छ, बिहानी समयमा उडान राम्रो हुन्छ”, क्याप्टेन बिष्टले भने, “रिपोर्ट तयार गरी क्यानलाई बुझाएर एक हप्तामै नियमित उडान हुन्छ ।” जहाजमा ४० देखि ४५ मिनेटसम्म मात्र आवतजावतको समय रहनेछ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समयसम्मको प्रयास गरी नेपाल एयरलाइन्सले परीक्षण गरेको बताए । “गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका छौँ”, उनले भने, “अब नियमित उडानपछि गुल्मेलीको सपना साकार हुन्छ ।” निगम र रेसुङ्गा नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रम ओलीको तिहारको टीका
प्रम ओलीको तिहारको टीका
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा
एभोकाडोको खेती तथा बजार विस्तार हुँदै
एभोकाडोको खेती तथा बजार विस्तार हुँदै
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही