चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई बेइजिङमा स्वागत

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  • चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ ।
  • मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उनले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए ।

काठमाडौं, ४ बैशाख । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको छ ।

मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उनले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए । उनले संविधानको कार्यान्वयनका लागि तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताए ।

परराष्ट्र मन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्दै चीनले नेपालको हरेक क्षेत्रमा गर्दै आएको सहयोगको सराहना गरे । उनले आगामी दिनमा सहयोगमा अझ बढोत्तरी हँुदै जाने अपेक्षा व्यक्त गरे ।

मन्त्री ज्ञवालीले नेपाल चीनको शान्तिपूर्ण विकास देखेर खुशी हुनुका साथै शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्तका आधारमा विश्व मामिला प्रवद्र्धनमा चीनको बढ्दो भागिदारीका साथ विश्व आर्थिक विकास र स्थिरताको सम्भावना देखिएको उल्लेख गरे ।

समारोहमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, दूतावासका कर्मचारी, अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवाली चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार चीन प्रस्थान गरेका हुन् । भ्रमणका दौरानमा उनले विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेजिङमा त्यहाँका उच्च राजनेतासँग भेटघाट गर्ने कार्यक्रम छ । उनी आगामी शनिबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?