फस्टाउँदै चिया पर्यटन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फस्टाउँदै चिया पर्यटन

सारांश

  • पशुपतिनगर, १२ असोज ।
  • चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ ।
  • थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।

पशुपतिनगर, १२ असोज । चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे (घरबास)  र होटल खुल्नेक्रम बढेको छ । नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार, फिक्कल र साँखेजुङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेका छन् ।

सूर्योदय नगरपालिका–७ कन्याम चिया बगानमा वार्षिक तीन लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भ्रमण गर्न आउने गरेको तथ्याङ्क छ । चिया रोपण, उत्पादन र प्रशोधनको अध्ययन तथा अवलोकनसँगै यहाँको मौसममा रमाउनका बाह्रैमास पर्यटक आउने गरेको प्रदेश सांसद काजीमान कागते बताउनुहुन्छ ।गाउँमा चियाखेतीको अवस्था, किसानको जीवनशैली, घरेलु चिया उत्पादन गर्ने तरिका, चियाबारीभित्रको रमणीय दृश्यका साथै स्थानीयवासीले उत्पादन गरेको हातेचियाको स्वादमा रमाउन पर्यटक आउने गरेका छन् । उनीहरुले चिया पर्यटनको व्यवस्थित विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएका छन् ।

री निकायको लगानी आवश्यक भएको बताउनुहुन्छ ।चियाबाट देशको अर्थतन्त्रको विकाससँगै पर्यटनको प्रवद्र्धनका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने पर्यटन व्यवसायी बिनु खड्काले बताउनुभयो । चिया बगानको अवलोकनसँगै साइक्लिङ र लामो पदयात्राको प्रशस्त सम्भावना रहेकाले कन्याम र इलाम सदरमुकामको ऐतिहासिक चिया बगान पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको खड्का बताउनुहुन्छ । चिया बगानमा असोज पहिलो सातादेखि वैशाख अन्तिम सातासम्म पर्यटकको भीड लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
तिघ्रा देखाएर छाडापन नहोस भनेर गुन्यूचोली उपहार दिएकि हुँ: मेयर सेजुवाल
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु
फास्ट ट्रयाक डिपिआरको काम शुरु !
सामुदायिक विद्यालयमा समस्याका चाङ
सामुदायिक विद्यालयमा समस्याका चाङ
१० बजेसम्म २५ प्रतिशत मतदान : आयोग
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?
सरकारले सहिद घोषणा गरेपछि बाबुरामले सोधे, “जनयुद्ध”का कमाण्डर प्रचण्ड के भन्नुहुन्छ?

तपाईंले छुटाउनुभयो कि?