चर्चित कलाकार लोकतान्त्रिक धामीको निधन !
सारांश
- सुर्खेत, १५ भदौ ।
- कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ ।
- तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो ।
सुर्खेत, १५ भदौ । कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो ।
जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्नु भएका उहाँ फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा बिरामी भएपछि उपचारार्थ अस्पतालमा ल्याइएको थियो ।
लोकतान्त्रिक नाचबाटै सामाजिक कुरीति र कु–संस्कारविरुद्ध जनतालाई सचेतना जगाउँदै आउनुभएका उहाँ दुई दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी छन् । उहाँको आजै जुम्लामा दाहसंस्कार गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया