स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।
- प्रधानमन्त्री ओली मंगलबार विहान शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार विहान शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए। ‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यू मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने। प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै छन्।
मृगौला पीडित प्रधानमन्त्री ओलीले यसअघि चार पटकसम्म ग्राण्डी अस्पतालमा डायलासिस गराएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया