परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्रीद्धारा चीनीयाँ समकक्षीसँग भेटवार्ता, के–के कुरा भयो ?

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भेटवार्ता सम्पन्न भएको छ।
  • चीनको राजधानी बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका थिए ।

काठमाडौं, ५ बैशाख । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज भेटवार्ता सम्पन्न भएको छ।

चीनको राजधानी बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीनबीच हिमालयपार ‘कनेक्टिभिटी’ विस्तार गर्ने समझदारी भएको बताए।

उनले यस्तो कनेक्टिभिटी भारतसम्म पुग्नुपर्ने धारणा राखे। नेपाल र चीनबीच निर्माण हुने रेललाई इङ्गित गर्दै विदेशमन्त्री यीले यस्तो कनेक्टिभिटीबाट निर्माण हुने आर्थिक कोरिडरले तीन वटै देशको विकासमा मद्दत पुग्ने उल्लेख गरे।

सम्बोधनको क्रममा उनले भने,‘नेपालको विकासका लागि चीन र भारतको साझा धारणा बन्नुपर्छ, हामी छिट्टै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत निर्माण हुने आयोजनाहरुको सूची सार्वजनिक गर्नेछौँ।’

उनले नेपालको उर्जा आवश्यकतालाई पूर्ती गर्न स्रोतहरुको विविधीकरणमा चीनले सहयोग गर्ने वचन दिए।

त्यस्तै नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालबाट आधुनिक रेलमा चीन भ्रमण गर्ने आफ्नो सपना रहेको धारणा राखेका थिए । उनले नेपाल र चीनबीच रेल्वे निर्माणको छिट्टै सम्भाव्यता अध्ययन गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?