काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
सारांश
- काठमाडौं ।
- मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि सबै दलका उम्मेदवार यति वेला प्रचारप्रसारमा व्यस्त छन्।
- उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका छन्।
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि सबै दलका उम्मेदवार यति वेला प्रचारप्रसारमा व्यस्त छन्। उम्मेदवारहरु मत माग्न घरघरमा पुगिरहेका छन्।
काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमाले गठबन्धनका उम्मेदवार किरण पौडेलले घरदैलो कार्यक्रम गरेका छन्। युवा पुस्ताका ढुकढुकी मानिएका किरण पौडेल पाच दलीय गठबन्धनसंग सिंगल मैदान छन । पौडेलको पक्षमा जनता देखिने चुनावी अभियानले संकेत गरिरहेको छ ।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका प्रकाशमानलाई आफनै पार्टीबाट अन्तर्घात हुने संकेत देखिएको छ । हिजो काग्रेसको १४ औँ महाधिवेशनमा कोइराला खेमाबाट अलग भइ रातारात देउवालाई सभापतिमा समर्थन गरेपछि प्रकाशमान ले कोइराला पक्षलाई गरेको अन्तघातको बदला यो चुनावमा लिने देखिएको छ । बर्षौदेखि कोइराला समुहमा बसेका प्रकाशमानले महाधिवेशनको अन्तिम घडीमा देउवालाई समर्थन गर्दा सभापतिका प्रत्यासी शेखर कोइरालाले हार बेहोर्नु परेको थियो ।
महाधिवेशनको मुखमा एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा काग्रेसको सभापतिमा शेरबहादुर देउवा लायक नभएको भन्दै अन्तरवार्ता दिएका प्रकाशमान आफैले बोलेको बोली रातारात फेर्दै देउवा कै पक्षमा उभिएका थिए । त्यसवेला आफनी श्रीमती सिर्जना सिंहलाई काठमाडौको मेयर बनायने सर्त सहित देउवालाई समर्थन गरेका थिए । त्यसको परिणाम स्थानीय तहको निर्वाचनमा बालेन शाहले मौकाको फाइदा उठाए । यता सिर्जनालाई काग्रेसकै नेताले समेत भित्री रुपमा सहयोग गरेका थिएनन ।
यसरी आफुले बोलेको बोली नै टिकाउन नसक्ने पदका पछाडी लाग्ने नेताका रुपमा प्रकाशमान सिंह चिनिएका छन । फलस्वरुप बोलीको ठेगान नभएका सिंहलाई जनताले विश्वास नगर्ने संकेत देखिएको छ , यता किरण पौडेल युवाहरुका ढुकढुकी बन्दै गएका छन ।
binance account
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?