जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीन घाइते

सारांश

  • त्रिपुराकोट, डोल्पा, ८ वैशाख, हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो ।
  • दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

त्रिपुराकोट, डोल्पा, ८ वैशाख, हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गइरहेको लु १ च ५४६६ नं को जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकीछन् । त्यस्तै घाइते हुनेमा दैलेख चामुण्डा विन्द्यासैनी नगरपालिका–९ का जिप चालक वीरबहादुर थापा, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका– ५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिनुभयो ।

घाइते थापा र बोहोराको अवस्था गम्भिर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?