कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
कर्णालीका मुख्यमन्त्रीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश

सारांश

  • काठमाडौं, ९ बैशाख ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग भेटघाट गरेका छन् ।
  • आइतवार बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गरेका छन् ।

काठमाडौं, ९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसँग भेटघाट गरेका छन् । आइतवार बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश गरेका छन् ।

मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । भेटघाटमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने सम्वन्धमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकीले जानकारी दिए । कर्णाली प्रदेश सरकारको शनिवार सम्पन्न मन्त्रीपरिषद बैठकले चालु आर्थिक वर्ष २०७४/७५को लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

सोमवार वस्ने कर्णाली प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?