३० वर्ष कान्छी ज्याङमुसँग शेरधन राईको विवाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
२१ पटक हेरिएको
Shares
३० वर्ष कान्छी ज्याङमुसँग शेरधन राईको विवाह

सारांश

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज विवाह गरेका छन् ।
  • आज काठमाडौंमा ज्याङ्मु शेर्पासँग उनले परम्पारगत संस्कार अनुसार विवाह गरेका हुन् ।
  • राई ५० वर्ष पुगेका छन् भने शेर्पा २० वर्षकी भइन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज विवाह गरेका छन् । आज काठमाडौंमा ज्याङ्मु शेर्पासँग उनले परम्पारगत संस्कार अनुसार विवाह गरेका हुन् ।

राई ५० वर्ष पुगेका छन् भने शेर्पा २० वर्षकी भइन् । उनी सन् २०१८ कि मिस मंगोल हुन् । राई र शेर्पा दुवै संस्कार अनुसार उनीहरुले विवाह गरेका हुन् ।
विवाह समारोहमा देशका भीआइपीहरु पुगेका छन् । यो विवाहलाई निकै चासोका साथ हेरिएको छ ।

मुख्यमन्त्री राईकी दुलही शेर्पा ११ वर्षकै उमेरमा मिस किड क्विन नेपालमा भाग लिएकी थिइन् । त्यसपछि उनले विभिन्न सुन्दरी प्रतियोगितामा भाग लिइन् ।

संखुवासभा स्थायी घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी थिइन् । उनी मोडलिङ र म्युजिक भिडियोमा पनि सक्रिय छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?