अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
४९ पटक हेरिएको
Shares
अदालतभित्रै अशान्ति मच्चाउने तीन पक्राउ

सारांश

  • गोरखा ।
  • अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
  • जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।

पक्राउ परेकाहरूलाई सार्वजनिकस्थलमा अशान्ति मच्चाएको कसुरमा मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर जिल्लाअदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजकाे राशिफल
आजकाे राशिफल
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ : नेता कोइराला
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
जिल्ला सभापतिहरुलाई देउवा र पौडेलले दिए यस्तो जवाफ
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य
मोदीको मन्त्रिमण्डलका यी हुन् नयाँ सदस्य