उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
उपनिर्वाचनको तयारी थाल्दै कांग्रेस

सारांश

  • काठमाडौं।
  • सत्तारूढ नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित तयारी थाल्ने भएको छ।
  • उपनिर्वाचनको तयारी गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आज (आइतबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित तयारी थाल्ने भएको छ। उपनिर्वाचनको तयारी गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आज (आइतबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकले उपनिर्वाचनको तयारीबारे विभिन्न निर्णय लिने कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई दल दर्ता गर्न आहृवान गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार दल दर्ता गर्न असोज १० गतेदेखि १६ गतेसम्मको समय दिइएको छ।

तत्कालै दल दर्ता गर्नुपर्ने भएकाले कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिमार्फत आवश्यक निर्णय लिन लागेको हो। बैठकमा उम्मेदवार सिफारिश प्रक्रिया, उम्मेदवार छनोटको मापदण्ड, उम्मेदवारलाई आधिकारिक पत्र दिने अधिकार प्रत्यायोजन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। ‘कार्यसम्पादन समितिको मुख्य एजेण्डा स्थानीय तहको निर्वाचन केन्द्रित हुनेछ।

स्थानीय उपनिर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने भन्नेमा केन्द्रित रहन्छौं। उम्मेदवारको योग्यता, सिफारिश विधि र मापदण्डबारे पनि छलफल हुनेछ’, उनले भने। निर्वाचनका लागि कांग्रेस जुनसुकै बेला तयार रहने भए पनि उपनिर्वाचनका प्राविधिक तयारीहरू सम्पन्न गर्न कार्यसम्पादन समिति बैठकले आवश्यक निर्णयहरू लिने उनले बताए।

कांग्रेसले जितेका दुई जिल्ला समन्वय समितिको प्रमुख पद रिक्त रहेका छन्। त्यस्तै कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनपश्चात सो पदपनि रिक्त छ। दुई गाउँपालिका अध्यक्ष र १६ वडा अध्यक्ष पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको निधनका कारण रिक्त रहेको छ।

कांग्रेसले आफूले विगतमा जितेका पदहरू जोगाउने र अन्यत्र थप गर्ने योजनाका साथ तयारी गर्ने जनाएको छ। ‘स्थानीय तहको उपनिर्वाचन थोरै स्थानमा हुँदै गरेको भएपनि ताजा जनादेशको विशेष अर्थ हुन्छ।

कांग्रेस उपनिर्वाचन जितेर आफ्नो सान्दर्भिकता अझ बढाउने गरी तयारी गर्नेछ’, कार्यसम्पादन समिति सदस्य एवं पूर्व महामन्त्री डा.शशांक कोइरालाले बताए। उनले स्थानीय तहमा लोकप्रिय, युवा र जुझारु उम्मेदवारलाई कांग्रेसले यसपटक प्राथमिकता दिने उल्लेख गरे।

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहका पदहरूका लागि आगामि मंसिर २ गते उम्मेदवारी दर्ता गराउँदै छ। कांग्रेसले असोज ७ गतेदेखि नै पुस १६ गतेसम्मका लागि सय दिने विशेष अभियान सुरु गरिसकेको छ । ७७ वटै जिल्लामा सो अभियान सञ्चालन हुने भएपनि स्थानीय तहको उपनिर्वाचन हुने जिल्लाहरूमा अझ प्राथमिकताका साथ अभियान केन्द्रीत गरिने कांग्रेसले जनाएको छ।

यसैबीच कांग्रेसले विगतमा झै यो वर्षपनि कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गर्ने भएको छ।

२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्केपछि वीपी कोइरालाले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम आयोजना गर्ने थालनी गरेका थिए। त्यसयता गम्भीर शोक बाहेकका वर्षमा कांग्रेसले चियापान आयोजना गर्दै आएको छ।

प्रचार विभाग प्रमुख विश्वकर्माले यसवर्षको चियापानलाई भव्य र सभ्य बनाउने सन्दर्भमा पनि केन्द्रीय कार्यसम्पादन समितिले आवश्यक निर्णय लिने बताए।

चियापानमा प्रमुख राजनीतिक दलका नेताहरू, कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीहरू, सार्वजनिक क्षेत्रका हस्तीहरू, कलाकार, खेलाडी एवं समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने कांग्रेसले जनाएको छ। चियापानले राष्ट्रिय राजनीतिमा शान्ति, एकता र मेलमिलापको सन्देश प्रवाह गर्ने कांग्रेसको दावी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुख माथि लागेको आरोपका विषयमा छानवीन हुनुपर्छ : महामन्त्री कोइराला
सभामुख माथि लागेको आरोपका विषयमा छानवीन हुनुपर्छ : महामन्त्री कोइराला
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
भोलि संघीय संसदको सपथ- तीनजनाले लिन नपाउने, के होला रेशम चौधरीको!
नेपाली स्याटेलाइटसँगै ४० मुसा पनि किन लगियो अन्तरिक्षमा ?
नेपाली स्याटेलाइटसँगै ४० मुसा पनि किन लगियो अन्तरिक्षमा ?
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु
तीन गाउँ नै क्यान्सरग्रस्त बनेपछि पानी परीक्षण शुरु

तपाईंले छुटाउनुभयो कि?