उदयपुरमा शुरु भयो क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
उदयपुरमा शुरु भयो क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता

सारांश

  • अस्बिन खड्का, उदयपुर, ११ वैशाख- पूर्वाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता हिजो सोमबारबाट उदपुरमा शुरु भएको छ ।
  • उदयपुर सदरमुकाम बोक्सेस्थित व्याड्मिन्टन कवर्ड हलमा उदघाटन पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले गरेका थिए ।
  • कार्यक्रममा अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख खडगबहादुर परियार लगायत जिल्ला स्थित कार्यालय प्रमुख, सुरक्षा निकाय प्रमुखको उपस्थित थियो।

अस्बिन खड्का, उदयपुर, ११ वैशाख- पूर्वाञ्चल क्षेत्रीय टेबुलटेनिस प्रतियोगिता हिजो सोमबारबाट उदपुरमा शुरु भएको छ । उदयपुर सदरमुकाम बोक्सेस्थित व्याड्मिन्टन कवर्ड हलमा उदघाटन पूर्बाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले गरेका थिए ।

कार्यक्रममा अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख खडगबहादुर परियार लगायत जिल्ला स्थित कार्यालय प्रमुख, सुरक्षा निकाय प्रमुखको उपस्थित थियो।

पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना, जिल्ला खेलकुदको संयोजनमा सञ्चालित प्रतियोगिता तीनदिनसम्म चल्नेछ । प्रतियोगितामा पूर्वका १० जिल्लाका करिब ६५ जना खेलाडीले भाग लिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प बिकले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?