किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
किन बनाए आइजीपी खनालले अति कमजोर र बदनाम टीम ?

सारांश

  • काठमाडौं,  ८ जेठ ।
  • यातायातको सिन्डिकेटदेखि सुन तस्करीको पत्र पत्र केलाएर लोकप्रियता कमाएका गृहमन्त्री रामबहादुर थापा बादल र आइजीपी सर्वेन्द्र खनालको साख प्रहरी सरुवामा आएर नराम्रोसंग गिरेको छ ।
  • २०७५ बैशाख ४ मा गरेको १६ डीआइजीको पदस्थापन र ४ को सरुवामा कमाण्ड कन्ट्रोल गर्नेहरुभन्दा पनि एसम्यानलाई महत्त्वपूर्ण स्थान दिएको आरोप  गृहमन्त्री  थापा र आइजीपी खनालमाथि लागेको छ ।

काठमाडौं,  ८ जेठ । यातायातको सिन्डिकेटदेखि सुन तस्करीको पत्र पत्र केलाएर लोकप्रियता कमाएका गृहमन्त्री रामबहादुर थापा बादल र आइजीपी सर्वेन्द्र खनालको साख प्रहरी सरुवामा आएर नराम्रोसंग गिरेको छ ।

२०७५ बैशाख ४ मा गरेको १६ डीआइजीको पदस्थापन र ४ को सरुवामा कमाण्ड कन्ट्रोल गर्नेहरुभन्दा पनि एसम्यानलाई महत्त्वपूर्ण स्थान दिएको आरोप  गृहमन्त्री  थापा र आइजीपी खनालमाथि लागेको छ । वित्तीय अपराधलगायतका ठूला र संगीन अपराध अनुसन्धान गरी नेपाल प्रहरीको प्रतिष्ठा उँचो बनाउने केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)मा कमाण्ड नै गर्न नसक्ने डीआइजी नारायण खड्कालाई पठाइएको छ । हेमन्त मल्ल ठकुरी, नवराज सिलवाल र पुस्कर कार्की जस्ता काविल प्रहरी अधिकृतहरुले नेतृत्व गरेको ब्यूरोले अहिलेसम्म ठूला अपराधका घटनामा सफल अनुसन्धान गरी प्रहरीको छवि उजिल्याउने काम गरेका थिए ।

ब्यूरोमा त्यो बिरासतलाई कायम राख्न सक्ने योग्य डीआइजीहरुलाई जिम्मेवारी नदिर्ई गृह मन्त्री थापा र आइजीपी खनालले कार्यक्षमता कमजोर भएका खड्कालाई पठाएका छन् । आइजीपी खनालले आफूसंग  बसेकै आधारमा खड्कालाई ब्यूरो जस्तो संवेदनशील र महत्वपूर्ण निकायको जिम्मेवारी दिएको आरोप छ् । ब्यूरोमा शेरबहादुर बस्नेत जस्ता काबिल डीआइजीलाई दिएको भए विगतभन्दा बढी प्रहरीको छवि उज्ज्वल पार्ने कामको अपेक्षा गर्न सकिन्थ्यो भन्छन् प्रहरी अधिकृतहरु । ब्यूरो स्थापनादेखि अहिलेसम्म सबैले उत्कृष्ट काम गर्दैआएको रेकर्ड आईजीपी खनाललाई थाहा छैन भनेर कसरी भन्ने, हेडक्वार्टरमा चर्चा चल्ने गरेको छ ।

नारायणी अन्चल प्रहरी प्रमुख हुँदादेखि जुनसुकै निकायमा बस्दा पनि अनेक विवादमा मुछिएका अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइ“ नाता पर्ने मनोज न्यौपानेलाई महानगरीय प्रहरी आयुक्त कार्यालयको जिम्मेवारी दिइएकोमा पनि प्रहरी संयठनभित्र असन्तोष छाएको छ  साँघु साप्ताहिकमा खबर छ। पूर्व एआइजी केशरी घिमिरेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गराएपछि उनकै दबाबमा न्यौपाने सरुवा भएको चर्चा छ ।

आयुक्त कार्यालयमा बरिष्ठ डीआइजी पुस्कर कार्कीलाई पठाएको भए राम्रो सन्देश जाने थियो । तर यसमा गृहमन्त्री थापा चुकेको चर्चा गृहमा पनि सुरु भएको छ । बरिष्ठ डीआइजी कार्कीलाई एकेडेमीमा थन्क्याइएको छ । आइजीपी खनालले विगतकै आइजीपी जस्तो आफ्ना प्रतिस्पर्धीलाई एकेडेमीमा थन्क्याएको आरोप लागेको छ । जबकि कार्कीले आफू आइजी नभएपछि खनाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

एआइजी बढुवा हुन नसकेका कारण न्यौपानेलाई आयुक्त कार्यालयको निमित्त प्रमुखमा पठाइएको छ । आर्थिकरुपमा कमजोर अनि बदनाम डीआइजी दिनेश अमात्यलाई २ नम्बर प्रदेशको प्रमुखमा सरुवा गरिएको छ । टनका टन सुन तस्करी हुने नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा कमलबहादुर जीटीलाई पठाइएको छ । प्रहरी अधिकृतमा जीटी पनि कार्यक्षमता कमजोर मध्येमा पर्दछन् । काठमाडौको ट्राफिक ब्यवस्थापन जटिल छ । तर ट्राफिकमा राम्रो डीआइजी पठाउनुपर्नेमा एसएसपी बसन्त पन्तलाई सरुवा गरिएको छ । यी महत्वपूर्ण निकायका प्रहरी हाकिमहरुको सरुवा आईजीपीको आपूmखुसी हो कि केही काम गरेर देखाउने आँट  गर्दै आएका गृह मन्त्री बादलको हो ? दोधारमा परियो, यो सरुवाले गृह मन्त्रीले लिएको लक्ष र खोजेको रिजल्ट आउनेमा आशंका छ भन्छन्, प्रहरी अधिकृतहरु ।

आइजीपी खनालले आफ्नो टीम नै कमजोर बनाएको चर्चा पनि सुरु भएको छ । मोरङदेखि जहा“ बस्दा पनि विवादमा परेका तारणी लम्साललाई आइजीपी खनालले आफ्नो समूहकै भएका कारण संघीय इकाई प्रहरी कार्यालय नारायणीको प्रमुख बनाएको आरोप छ । सिन्धुपाल्चोक,  मोरङमा विवादमा परेका,  काभ्रेमा गणेश लामासंग मिलेर सुनकोशी दोहन गर्न छुट दिएर लाभ लिएको आरोप खेप्दै आएका नवनियुक्त नवनियुक्त एसएसपी सहकुलबहादुर थापालाई सचिवालयमा लगेका छन् । थापालाई संभवतः उजुरी छानबिनको जिम्मा दिने योजनामा आइजीपी खनाल रहेको चर्चा छ । थापाकाविरुद्ध अख्तियारमा थुप्रै उजुरी छानबिनको क्रममा रहेको पनि चर्चा छ । विगतमा संघीय इकाई प्रहरी कार्यालय बागमतीमा क्रसर ब्यवसायीसंग मिलेर प्राकृतिक विनाश गरेका दर्जनौं उजुरी परेका थिए, तिनै प्रहरी अधिकृत थापालाई उजुरी छानबिनको जिम्मा दिने तयारी आइजीपी खनालले गरेकोमा आलोचना भएको छ ।

सर्लाहीमा एसपी हृदय थापा नगएपछि आइजीपी खनालले अर्कोलाई खटाउन सकेका छैनन् । ललितपुरका एसएसपी गणेश ऐरले गोदावरीमा वन विनाश गरी अवैधरुपमा खानी संचालन गर्दा रोक्न नसके पनि उनलाई चलाएका छैनन् । उनले ललितपुरमा ढुंंगा, गिटी, बालुवा खानी अवैधरुपमा संचालन गर्न दिएर मासिकरुपमा घुस खाने गरेको गुनासो पटक पटक आए पनि खनालले उनलाई यथावत् राखेका छन् ।

यसैबीच, नेपाल प्रहरीले नितान्त नियमित तथा आन्तरिक कार्यको नियमितरुपमा अख्तियारलाई बोधार्थ दिएकोबारेमा पनि टिकाटिप्पणी हुन थालेको छ । प्रहरीले अख्तियारलाई विभागीय कार्यको पूर्ण जानकारी दि“दै आउनुलाई संगठनको निकम्मापन भन्न थालिएको छ ।  बढुवाको सिफारिस गर्ने निकाय लोकसेवा आयोगलाई वास्ता नगरी भ्रष्टाचार तथा अनियमितताबारे अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संगठनको नियमित तथा आन्तरिक कार्यको बोधार्थ नियमितरुपमै दिने प्रचलन जसले चलायो त्यो प्रहरी संगठनका नेतृत्वकर्ताको निकम्मापन सावित भएको टिप्पणी पनि हुने गरेको छ ।

तत्कालीन आयोग प्रमुख लोकमानसिंह कार्कीले प्रहरी संगठनमा आफ्नो लगामका कायम गर्नका लागि त्यसबेलाका प्रहरी संगठन प्रमुख उपेन्द्रकान्त अर्याललाई विभिन्नखाले डर, धम्की देखाएर बढुवा सरुवाको बोधार्थ आयोगलाई दिन लगाएका थिए । जुन क्रम लोकमानको बहिर्गमनपछि पनि यथावत छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Budhathoki

    रमेश खरेल सरलाई IGP नबनाउनुनै यसकाे उदाहरणहाे धेरै भनिरहनु अाबसेक छैन रमेस खरेल प्रहरी प्रमुख हुनुभयकाे भए प्रहरी भित्र केही सुधारहरु हुनेथिय हाेला ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?