राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
सारांश
- काठमाडौं, ११ बैशाख ।
- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.
- पुष्प कँडेल नियुक्त भएका छन् ।
काठमाडौं, ११ बैशाख । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको मंगलवार बिहान बसेको बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
नेकपा एमालेका केन्द्रीय लेखापरीक्षण आयोगका अध्यक्ष कँडेल अर्थविद हुन् । कँडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिस्ट राजनीतिमा लागेका कँडेल एमालेमा राजकीय अवसर नपाएका नेतामा पर्छन् । २०१२ साल भदौ १५ मा धादिङको बेनीघाट– १, रिचोकटारमा जन्मिएका कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पोरेट ट्याक्सेसन एण्ड इन्भेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया