झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
१५ पटक हेरिएको
Shares
झाडापखालाबाट ग्रस्त एमाले अध्यक्ष ओली तंग्रिन थाले

सारांश

  • काठमाडौं, पुस २१ ।
  • कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्।
  • तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।

काठमाडौं, पुस २१ । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।

सोमबारदेखि अस्वस्थ रहेका ओलीलाई झाडापखालाले तीन दिनसम्म बेस्सरी च्यापेको थियो। ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले भनिन्, ‘उहाँ (ओली) को पेट अलि गडबडी भएको हो। अहिले ठिक छ।’

डा. सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो। औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमश: सुधार भइरहेको छ। डा. सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन्।

झाडापखालाले दुई दिनसम्म सताएपछि उनले कार्यक्रमहरू पनि रद्द गर्दै आएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए। भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीको अस्वस्थताका कारण शीर्ष तहको बैठक पनि स्थगित हुन थालेपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको थियो।

एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई यसअघि रोगप्रतिरोधी क्षमता कमजोर भएका कारण बेलाबखत फंगस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखापरेको थियो। वरिष्ठ नेफ्रोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञसमेत रहेकी डा. सिंहले ओलीलाई अहिले मिर्गौलासम्बन्धी कुनै समस्या नदेखिएको बताइन्।

मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए। खानपानमा सजगता नअपनाउँदा ओली झाडापखाला लागेपछि सार्वजनिक कार्यक्रममा समेत नगई घरमै आराम गरिरहेका थिए। बालकोटस्थित निवासमै उनले कार्यकर्ता भेटघाट र अन्य राजनीतिक परामर्शको काम गर्दै आएका छन्। झाडापखालाले सताएपछि ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री देउवासँगको भेटघाटका कार्यक्रम स्थगित गरेका थिए। -अन्नपूर्णबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    सिघ्रस्वास्थ्य लाभ हवस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?