कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव

सारांश

  • काठमाडौं, माघ १६ ।
  •   नेपाली कांग्रेसका नेता डा.
  • रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई गलत भएको टिप्पणी गरेका छन् ।

काठमाडौं, माघ १६ ।  नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई गलत भएको टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले कानुनअनुसार नै चल्नुपर्ने भन्दै वैध अवैधका बारेमा कसैले बोल्दैमा केही नहुने बताए ।

“कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ ।” महतले भने । “उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।”

नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । “नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन ।” महतले भने ।

देशको प्रधानमन्त्री बन्नका लागि तयार भएर बसेको व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद भएको महतको भनाई छ ।

अजेयराज सुमार्गीको प्रसङ्ग जोड्दै महतले जसले जहाँबाट पैसा ल्याएपछि कानुनबमोजिम ल्याएको भए वैध र कानुनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने बताए । “विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ ।” महतले भने ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Janga Niraula

    कसैले कालो धन कानुन अनुसार मिलाएर ल्याउछ र देशमा कल /कारखाना मा लागानी गर्छ भने राम्रो नै हुनेछ /

    Comment Author

    Krishna Bindash

    Yo ni ta mahako bharasta ho ni ta darayexa

    Comment Author

    Niraj Shrestha

    Jasta pats hajur kaile pani bujya xu

    Comment Author

    Shyam Dai

    कालाे धन तिमि हरुसग लुकेकाे छ

    Comment Author

    Rai Man

    kalo dhan lai kabuma layauna ko lagi bharat ma Narendra modi le gare jasto tarika apanauda bhayo ni? kina kalo dhan lai seto banauna mauka dine? kalo bhaneko kalo nai ho???????

    Comment Author

    Bikram Basnet

    Modi jee le jhain achanak gare safal hola pani aba pahila nai bhanera ta yo safal hune chala haina-aru koi tecnic xha bhane kunni,

    Comment Author

    डी बी सुनार

    जेहोस कालो धन यो सँगा पनि रहेछा भन्ने पक्का भो

    Comment Author

    Thapa RK

    Kura, Kalo Dhan Lyaunda Kati Najarana Chadhaya Tyo Mahatwopurna Hunchha Hoina Purba Artha Mantri Ji ?

    Comment Author

    Ananda Bajracharya

    कालो धनको कुरा उठे पछि जस्तापाताको होसहवासै गुम भए जस्तो छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?