मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • तुलसीपुर, दाङ, १२ वैशाख, दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् ।
  • गिरी रोल्पा खुङ्गी निवासी हुन् ।

तुलसीपुर, दाङ, १२ वैशाख, दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् । गिरी रोल्पा खुङ्गी निवासी हुन् । सोही मोटरसाइकल दुर्घटनामा परी चालक प्रहरी जवान प्रहरी जवान वसन्त अधिकारी घाइते भएका छन् ।

घाइते अधिकारीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पातालले जनाएको छ । आज बिहान उनीहरु मोटरसाइकल गस्तीमा गएको बेला दुर्घटनामा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?