प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिनुहुने भएको छ ।
  • दिउँसो संसद बैठकमा बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुने बताइएको छ ।
  • प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज पदबाट राजीनामा दिनुहुने भएको छ । दिउँसो संसद बैठकमा बिशेष संम्बोधनसंगै प्रधानमन्त्री दाहालले राजीनामा दिनुहुने बताइएको छ ।

प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ । अहिले केहिवेरमा बस्ने मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो राजीनामा बारे मन्त्रीहरुलाई जानकारी गराउनुहुनेछ ।

कंग्रेससँगको गठबन्धन गर्दा भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले पद छाड्न लाग्नुभएको हो । संसदमा गर्ने संबोधनमा भने उहाँले आफ्नो कार्यकालमा भएका कामको बिषयलाई प्राथमिकता दिनुहुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

संसदको सबैभन्दा ठुलो दल कंग्रेसको समर्थनमा दाहाल १० महिनाअघि प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्रीले राजीनामा दिएपनि नयाँ सरकार गठन हुन भने अझै केहिदिन लाग्नेछ । राजीनामा लगत्तै राष्ट्रपति भण्डारीले सहमतिका आधारमा सरकार गठनको प्रयास गर्न एकसाताको समय दिनुहुनेछ ।

त्यसपछि मात्र बहु्मतिय सरकार गठनको प्रयास हुनेछ । ठुलै उथलपुथल नभए कंग्रेस सभापति शेरवहादुर देउवा आगामी प्रधानमन्त्री बन्नुहुने निश्चित रहेको बताइएको छ ।

श्रोत : कान्तिपुर एफएम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
रुसले युक्रेनका २ शहरमा गर्यो युद्धविराम
रुसले युक्रेनका २ शहरमा गर्यो युद्धविराम
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी
इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
काठमाडौँ उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन र होम आइसोलेसनमा बस्नु पर्ने
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते

तपाईंले छुटाउनुभयो कि?