नवलपरासीमा बस दुर्घटना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नवलपरासीमा बस दुर्घटना

सारांश

  • काठमाडाै, २८ असार ।
  • नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २९ यात्रु घाइते भएका छन्।
  • नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

काठमाडाै, २८ असार । नवलपरासीमा बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै २९ यात्रु घाइते भएका छन्।

नारायणघाटबाट नेपालगञ्ज तर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गुल्मी, मालिका गाउँपालिका–१, अर्चेङका ३७ वर्षिय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको बसमा च्यापिएर मृत्यु भएको हो।

घाइतेहरुको भैरहवा मेडिकल कलेज रुपन्देही र भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भैरहेको र घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?