नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने

सारांश

  • नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ।
  • धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भोलि बुधबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ।
  • दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भोलि बुधबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने भएको छ।

दिउँसो १ बजे हुने कार्यक्रममा भरतपुर महानगरपालिका र फाउण्डेसनबीच निर्माण सम्झौतासमेत हुने भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका -१५मा निर्माण हुनेछ।

भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो।


प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?