क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !

सारांश

  • कठमाडौं, १४ बैशाख ।
  • नेपालको राजधानी काठमाडौंमा अहिले धेरै क्यासिनोहरु सञ्चालित छन् ।
  • तर, क्यासिनोमा दादागिरी भैरहेको सूत्रहरुले दाबी गरेका छन् ।

कठमाडौं, १४ बैशाख । नेपालको राजधानी काठमाडौंमा अहिले धेरै क्यासिनोहरु सञ्चालित छन् । तर, क्यासिनोमा दादागिरी भैरहेको सूत्रहरुले दाबी गरेका छन् ।

हालैमात्रै क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक गरी आठ जनाहरुलाई केही दिन अघि प्रहरीले पक्राउ गरेको थियो । उक्त क्यासिनोमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

विदेशीलाई मात्रै प्रवेशको अनुमति रहेको क्यासिनोमा नेपालीहरु समेत छिराएर खेलाएको भन्दै प्रहरीले छापा मारी सञ्चालकहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा व्यवस्थापक बिनोद श्रेष्ठ, सञ्चालकहरु ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरी छन् ।

क्यासिनोमा दादागिरी

अहिले काठमाडौंमा सञ्चालानमा रहेका क्यासिनोहरुमा धेरै विकृति सुरु भएको छ । हुन त क्यासिनोमा नेपालीहरुलाई प्रवेश निषेध गरिएको छ । तर, सञ्चालककै सेटिङमा नेपालीहरुलाई प्रवेश दिईएको छ ।

किशोर सिलवालको सञ्चालनमा काठमाडौंको लाजिम्पाटमा रहेको क्यासिनो ¥याड अहिले त्यस्तै विकृति फैलाउन उद्धत रहेको स्रोतको दाबी छ । प्रहरीले धेरैपटक छापा मारिसक्यो ।

तर, सञ्चालक सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलसँग आफ्नो सिधा सम्पर्क रहेको भन्दै छापा हान्न आउने प्रहरीहरुलाई धम्क्याउने गरेको पनि खुलासा भएको छ ।

(रिपाेर्टर्स नेपाल बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?