नम्रता श्रेष्ठ भन्छिन् ‘एक्सन फिल्म गर्ने कहिल्यै सोचेकै थिइन ’ (भिडियो सहित )
सारांश
- भदौ ६ गतेदेखि प्रदर्शन हुने फिल्म जाइराको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
- बुधबार काठमाडौँको ठमेलमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
- सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको छ ।
भदौ ६ गतेदेखि प्रदर्शन हुने फिल्म जाइराको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँको ठमेलमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरले जाइरा बदलाको कथामा केन्द्रीत गरेको स्पष्ट हुन्छ ।
आशुताष राज श्रेष्ठ निर्देशित फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ बक्सिङ खेलाडीको भूमिकामा छिन् । ट्रेलरमा देखिएको लुक्सले दर्शकलाई आकर्षित गर्ने किशिमको रहेको छ । यो फिल्मका लागि कडा मेहनतको गरेको नम्रताले बताइन् । उनले आफ्नो लामो कपाल समेत काटेकी छिन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नम्रताले आफुले कहिल्यै एक्सन फिल्म गर्ने बारे नसोचेको बताइन् । निर्देशकले कन्भिन्स गराए पछि मात्रै फिल्ममा काम गर्न आफु तयार रहेको उनको दावी थियो ।
जाइरामा नम्रता बाहेक अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सिर्जना रेग्मी र सम्राट मगरले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्मको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनले संयुक्तरुपमा लेखेका हुन् ।

फिल्ममा प्रशन्न गोपाली कायकारी निर्माता हुन् भने लोकेश श्रेष्ठको सम्पादन र बाबु श्रेष्ठको छायांकन यो फिल्ममा रहेको छ । अभिनेत्री श्रेष्ठको होम प्रोक्डक्सन नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्सको ब्यानरमा बनेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस्
https://www.youtube.com/watch?v=n3Wmj-zBavQ
प्रतिक्रिया