महाशिवरात्रीमा पोखरामा गुन्जदै नमस्ते ब्याण्ड
सारांश
- चर्चित ब्याण्ड नमस्तेले आउँदै गरेको महाशिवरात्रीको उपलक्ष्यमा पोखराको लेकसाइड, बराहीघाटमा १५ औँ महाशिवरात्री विश्व संगीत महोत्सवमा सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
- ब्याण्ड स्थापनाको ३१ औँ वर्ष समेत पुगेको अवसरमा हुने उक्त सांगीतिक कार्यक्रम ब्याण्डका लागि पनि विशेष हुने ब्याण्डका संयोजक इश्वर गुरुङले बताए ।
- ब्याण्डले कार्यक्रममा आफ्ना चर्चित नेपाली गीतहरु प्रस्तुत गर्ने गुरुङको भनाई छ ।
चर्चित ब्याण्ड नमस्तेले आउँदै गरेको महाशिवरात्रीको उपलक्ष्यमा पोखराको लेकसाइड, बराहीघाटमा १५ औँ महाशिवरात्री विश्व संगीत महोत्सवमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । ब्याण्ड स्थापनाको ३१ औँ वर्ष समेत पुगेको अवसरमा हुने उक्त सांगीतिक कार्यक्रम ब्याण्डका लागि पनि विशेष हुने ब्याण्डका संयोजक इश्वर गुरुङले बताए । ब्याण्डले कार्यक्रममा आफ्ना चर्चित नेपाली गीतहरु प्रस्तुत गर्ने गुरुङको भनाई छ ।
भ्रमण २०२० लाई समेत सहयोग पुग्ने उद्देश्यले गर्न लागिएको महाशिवरात्री विश्व संगीत महोत्सवमा नेपालका थुप्रै चर्चित गायकगायिका, सांगीतिक समूह तथा अन्तराष्ट्रिय सांगीतिक समूह सहभागि हुँदैछन् ।
३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएको नमस्ते ब्याण्डले नेपाली र जापानी गीत प्रस्तुत गर्दै आइरहेको छ । ब्याण्डले नेपाली सांगीतिक क्षेत्रमा विभिन्न कीर्तिमान समेत रच्न सफल भइसकेको छ ।
प्रतिक्रिया