‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै

सारांश

  • उदयपुर २० भदौ ।
  •   ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।
  • विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मद्दा अन्तरगत उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

उदयपुर २० भदौ ।  ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरमा उपस्थित गराइएको छ ।विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मद्दा अन्तरगत उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो । अहिले प्रकाण्डको बयान जारी रहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए । थुनछेक आदेशका लागि बुधबार बहस गरिएको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा भोजपुर सदरमुकामबाट  जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तत्कालिन एमाले र माओवादी का साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोप प्रकाण्डमाथि छ ।

राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् ।विस्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित  कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षति पुगेको थियो ।भोजपुरबाट निर्वाचित राई हाल प्रदेश १ का मुख्यमन्त्री छन् । सोही विस्फोट घटनामा घटनालाई लिएर ‘प्रकाण्ड’ सहित विप्लवका दर्जन नेता कार्यकर्ता विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
रातको समयमा नारायणगढ–मुग्लिन सडक बन्द हुने
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
मौसमका कारण भोजपुर–विराटनगर उडान अवरुद्ध
मौसमका कारण भोजपुर–विराटनगर उडान अवरुद्ध
शेरबहादुर देउवालाई केपी ओलीको प्रश्नै प्रश्न
शेरबहादुर देउवालाई केपी ओलीको प्रश्नै प्रश्न
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
यी हुन् विश्वकप फुटबल २०१८ का हेर्नलायक केही तस्वीरहरु
प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?