विश्वकपमा आज यी ४ वटा खेल हुँदै
सारांश
- काठमाडौं, ११ असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज सोमबार ४ छुट्टाछुट्टै खेलहरू हुने भएका छन्।
- समूह चरण तेस्रो तथा अन्तिम चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ बाट साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ।
- खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ।
काठमाडौं, ११ असार – रसियामा चलिरहेको विश्वकप फुटबलमा आज सोमबार ४ छुट्टाछुट्टै खेलहरू हुने भएका छन्। समूह चरण तेस्रो तथा अन्तिम चरण अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘ए’ बाट साउदी अरब र इजिप्टबीच प्रतिस्पर्धा हुँदैछ। खेल भोल्गोग्राड एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ।
त्यसैगरी साउदी अरब पहिलो खेलमा आयोजक रूससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको थियो। इजिप्ट पहिलो खेलमा उरुग्वेसँग १–० र रसियासँग ३–१ ले हारेको थियो। समूह ‘ए’ बाट रसिया र उरुग्वे अन्तिम १६ मा प्रवेश गरिसकेका छन्। आज हुने खेलमा बेलुका पौने ८ मा समुह ‘ए’ कै उरुग्वे र रसिया भिड्नेछन्।
त्यस्तै राती पौने १२ बजेमा समूह ‘बी’ का पोर्चुगल र इरान बीच खेल हुनेछ । पोर्चुगलले पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी र दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको थियो।
त्यसैगरी राति पौने १२ बजे अर्को मैदानमा स्पेन र मोरक्को बीच खेल हुँदैछ । आजको खेलमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।
प्रतिक्रिया