मइ दिवसका अवसरमा-समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न प्रचण्डको अपिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं १८ बैशाख ।
  •   पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न मजदुरहरुलाई अपिल गरेका छन् ।
  • अध्यक्ष प्रचण्डले १२९ औ मइ दिवसका अवसरमा त्यस्तो अपिल गरेका हुन ।

काठमाडौं १८ बैशाख ।  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी अर्थतन्त्रको विकासका लागि अग्रदस्ता बन्न मजदुरहरुलाई अपिल गरेका छन् । अध्यक्ष प्रचण्डले १२९ औ मइ दिवसका अवसरमा त्यस्तो अपिल गरेका हुन ।

‘संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु’प्रचण्डले मजदु दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा भनिएको छ ।

प्रचण्डले आफनो शुभकामना सन्देशमा अगाडि भनेका छन ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।’

मई १ सन् १८८६ मा आठ घण्टाको कार्य दिवससहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्षको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवसका रुपमा मनाउँदै आएका छन् । अमेरिकी श्रमिकहरुको यही संघर्ष नै पेशागत हक, हित र सुरक्षाका लागि विश्वका मजदुरहरुको प्रेरणास्रोत बनेको प्रचण्डले आफनो सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?